अधिकारी सरकारविरुद्धको रिटमा सुनुवाइ सकियो, केहीबेरमा आदेश आउने

समाधान संवाददाता २०८१ वैशाख १७ गते १५:३९
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पोखरामा आइतबार पोखरामा पदभार ग्रहण गर्दै । । तस्बिर ः हरिप्रसाद बास्तोला /रासस

पोखरा ।

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा साेमबार अपरान्ह ३ बजेपछि सुनुवाइ सकिएको छ । न्यायाधीशद्वय सपना मल्ल प्रधान र सारंगा सुवेदीको इजलासले आजै केही बेरमा उक्त रिटमा आदेश गर्नेछ ।

रिट निवेदक निवर्तमान मुख्यमन्त्री सुरेन्द्राराज पाण्डेले दायर गरेको रिटमा आज दुवै पक्षले बहस गरेका थिए ।

Advertisement

अधिकारीका पक्षबाट वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, रमणकुमार श्रेष्ठ, रमेश बडाल, टीकाराम भट्टराई, अमर थापा, रविनारायण खनाल, हरि सुवेदी, कृष्णभक्त पोखरेल, ईश्वरी भट्टराई, अधिवक्ताहरु डा‍. राजेन्द्र घिमिरे, माधव बस्नेत, भोजराज आचार्य, गण्डकी प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता कृष्णप्रसाद अधिकारी र मुकुन्द अधिकारीले बहस गरेको गण्डकीका पूर्व मुख्य न्यायाधिवक्ता श्रीकान्त बरालले जानकारी दिए । यसअघि १० गतेको सुनुवाइमा बरालसमेतले बहस गरेका थिए । उनीहरुले पाण्डेले दायर गरेको रिट खारेजको माग गरेका थिए ।

पाण्डेका तर्फबाट वरिष्ठ अधिवक्ताहरु पूर्णमान शाक्य, विजयराज मिश्र र खम्बबहादुर खाती लगायतले बहस गरेका थिए ।

Advertisement

तत्कालीन मुख्यमन्त्री पाण्डेले चैत २१ गते राजीनामा गरेका थिए । त्यसपछि एमालेका २२, माओवादीका ८ र १ स्वतन्त्र सांसद गरी ३१ जना अर्थात ६० सदस्यीय गण्डकी प्रदेश सभाका बहुमत सांसदको समर्थन भनी एमाले संसदीय दलका नेता खगराज अधिकारीले मुख्यमन्त्रीमा चैत २५ गते दाबी गरेका थिए । सोही दिन उनको नियुक्ति भएको थियो। माओवादीले ८ जना सांसद भने पनि एकजना सभामुख रहेको भन्दै अधिकारीको नियुक्तिविरुद्ध पाण्डे सर्वोच्च गएका हुन् ।

तपाईको प्रतिक्रिया