जुनियर टेनिसमा सर्वाधिक पुरस्कार राशि

समाधान संवाददाता २०८० चैत २१ गते १३:०९

पोखरा ।
पोखरामा हुने ‘तेस्रो मनुश्री ̸ भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता’मा हालसम्मै सर्वाधिक पुरस्कार राशि घोषणा गरिएको छ ।


कास्की जिल्ला टेनिस संघको आयोजनामा चैत २१ गतेबाट २५ गतेसम्म पोखरा रंगशालास्थित टेनिस कोर्टमा सञ्चालन हुने भएको हो । प्रतियोगितामा १४ वटा इभेन्टमा ब्वाइजतर्फ ४० र गल्सतर्फ ३० गरी कुल ७० जना खेलाडीहरुले प्रतिस्पर्धा जनाउने प्रतियोगिताकी टुर्नामेन्ट डाइरेक्टर प्रीति बरालले जानकारी दिएका छन् ।


प्रतियोगितामा यु–८, यू–९, यू–१०, यू–१२, यू–१४ र यू–१६ ब्वाइज तथा गर्ल्स सिंगल्सका साथै ओपन ब्वाइज तथा गल्स डबल्समा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा जनियर नेपाल ¥याकिङ खेलाडीहरुको जमघट हुने र करिब २ लाख ३१ हजार नगद पुरस्कार राशिमा खर्च हुने कास्की टेनिसका उपाध्यक्ष राजु गुरुङले बताए । उनले भने, ‘जुनियर टेनिसमा नेपालमा भएका प्रतियोगिता मध्ये यो नै सर्वाधिक पुरस्कार राशि खर्च हुने प्रतियोगिता हो ।’

Advertisement


प्रतियोगितामा यु–१२ ब्वाइज तथा गल्स सिंगल्स विजेताले जनही नगद १० हजार तथा उपविजेताले जनही नगद ५ हजारसहित मेडल प्राप्त गर्नेछन् । यु–१४ ब्वाईज तथा गल्स सिंगल्स विजेताले समान जनही नगद १५ हजार, उपविजेताले समान जनही नगद ७ हजार ५ सयसहित मेडल प्राप्त गर्नेछन् ।


यु–१६ ब्वाइज तथा गल्स सिंगल्स विजेताले समान जनही नगद २० हजार उपविजेताले समान जनही नगद १० हजार तथा ब्वाइज तथा गल्स ओपन डबल्सतर्फ विजेताले समान जनही नगद २० हजार उपबिजेताले समान जनही नगद १० हजारसहित मेडल प्राप्त गर्नेछन् ।

Advertisement


त्यस्तै यु–८, यु–९ र यु–१०, ब्वाइज तथा गल्स सिंगल्स बिजेता तथा उपविजेताले नगदसहित मेडल प्राप्त गर्ने कास्की टेनिसका उपाध्यक्ष नवीन चालिसेले बताए ।


प्रतियोगितामा पोखरा, बुटवल, काठमाण्डौ र चितवनका खेलाडीहरुले सहभागिता जनाउने टुंगो लागेको सचिव चालिसेले बताए । प्रतियोगिता विभिन्न उमेर समूहका नेपाल र्‍याकिङ आयर्शराज पौडेल, शाल्भी शेरचन, इभान भट्टराई, जीवाश्री भट्टराई, जीवाश भट्टराई, दर्शिल श्रेष्ठ, जियोभानी केसी, शास्वत बज्राचार्य, सिर्जन भट्टराई, सन्दीप विक, इलेश गौतम, निश्चल ज्ञवाली, विशेष विश्व डल्लाकोटीले विभिन्न इभेन्टमा प्रतिस्पर्धा गर्ने सचिव चालिसेको भनाई छ ।


प्रतियोगिता सम्पन्न गर्न करिव ४ लाख खर्च हुने छ । प्रतियोगितालाई कुमारमोहनबहादुर शाहीले मुख्य प्रायोजन गरेका छन् । उनले ३ वर्षदेखि आफ्ना नाती–नातीनाको नाममा उक्त प्रतियोगितामा प्रायोजन गर्दै आएको उपाध्यक्ष चालिसेले जानकारी दिए । प्रतियोगिताको टुर्नामेन्ट सुपरभाइजरमा शक्ति शर्मा छन् ।

तपाईको प्रतिक्रिया