रत्नशोभा स्कुललाई प्रोजेक्टर

समाधान संवाददाता २०८० चैत २२ गते १२:०५

पोखरा ।
पोखरा महानगरपालिका वडा नं.२८ वडाले एक सामुदायिक विद्यालयलाई प्रोजेक्टर हस्तान्तरण गरेको छ । पोखरा २८ माझठानास्थित रत्न शोभा माध्यमिक विद्यालयलाई सोमबार ४ प्रोजेक्टर हस्तान्तरण गरिएको हो ।


विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्णप्रसाद तिमिल्सेना, प्रधानाध्यापक गोपालबहादुर बुढाथोकी र शिक्षक अभिभावक संघका अध्यक्ष गोविन्द लामिछानेलाई संयुक्त रुपमा प्रोजेक्टर हस्तान्तरण गरिएको हो । वडाध्यक्ष श्रीकृष्ण लामिछानेले समय सापेक्ष शिक्षण सिकाईलाई प्रविधिको माध्यमबाट अघि बढाउन सरोकारवालाको सल्लाह, सुझाव अनुसार प्रोजेक्टर हस्तान्तरण गरिएको जनाए ।


उनले आगामी शैक्षिक सत्रदेखि यो विद्यालयमा प्रविधिको माध्यमबाट पठनपाठन गराउँदै मल्टिमिडियाले थप गुणस्तरीय शिक्षण सिकाइ हुने अपेक्षा गरे । कार्यक्रममा वडा सदस्य एवं पोखरा महानगर शिक्षा समितिका सदस्य डाल्डादेवी भुजेल, वडा सदस्य कमल थापा, वडा सदस्य वीरेन्द्र भण्ढारी, वडा शिक्षा समितिका सदस्य एवम् ग्रिन डेभलोपमेन्ट बैंक पोखराका प्रमुख कार्यकरी अधिकृत हरिबहादुर बुढाथोकी लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया