जन्मदिनको अवसरमा विद्यालयमा अक्षयकोष

समाधान संवाददाता २०८० चैत २२ गते १२:१८

लेखनाथ ।
पोखरा महानगरपालिका वडा नम्बर २९ निवासी पूर्वशिक्षक विजयराज भण्डारीले आफ्नो जन्मदिनको अवसर पारेर पोखरा २६ को सिर्जना बहिरा माविमा अक्षयकोष स्थापना गरेका छन् । आफनो ६६ औं जन्मदिवसको अवसर पारेर विजयराज भण्डारी र श्रीमती सीता भण्डारीको नाममा विद्यालयको शौक्षिक विकासमा सहयोग पुग्ने गरी १ लाख रुपैयाँ बराबरको विजय/सीता भण्डारी अक्षयकोष स्थापना गरेका हुन् ।


जन्मोत्सवमा गरिने फजुल खर्चलाई कटाएर सामाजिक क्षेत्रका लगाउनुपर्छ भन्ने प्ररणा दिने उदेश्यले भण्डारी परिवारले स्थापना गरेको अक्षयकोषको आधा ब्याजबाट गरिब तथा जेहेन्दार विद्यार्थीको पठनपाठनमा खर्च गर्ने र आधा ब्याज पुन कोषमा नै राख्ने गरी कार्यविधि बनाइएको छ ।


अक्षयकोषको रकम हस्तान्तरण गर्दै भण्डारीले विद्यालयमा अध्ययन गर्ने ४५ जिल्लाका बहिरा विद्याथीहरु आर्थिक अभावका कारण पठनपाठनबाट बञ्चित हुन नपरोस् भन्दै अन्य व्यक्तिहरुका लागि पनि प्ररणाको स्रोत बनोस् भनेर कोष स्थापाना गरेको बताएका थिए ।

Advertisement


विद्यालय सञ्चालक समितिका अध्यक्ष प्रकाशलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक सुनिल भण्डारी, सहायक प्रअ राजेन्द्रप्रसाद शर्मा, विद्यालय सञ्चालक समितिका सदस्य गैरादेवी पाइजा, अम्बिका आचार्य, शिक्षाक अभिभावक संघका अध्यक्ष हृदयकुमार श्रेष्ठ, शिक्षक संघ पोखरा महानगरपालिका सभापति किरणबाबु न्यौपाने लगायतले कोषको रकमको सही सदुपयोग गरेर विद्यार्थीको पठनपाठनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया