नयाँ वर्षमा आकर्षक छुट

समाधान संवाददाता २०८० चैत २३ गते १२:२४

पोखरा ।
नयाँ वर्ष २०८१ को उपलक्ष्यमा सामसङले ‘स्वागत नयाँ वर्षलाई, बाढौं खुसी सधैलाई’ अफर ल्याएको छ । जसमा ग्राहकले आफूलाई मन परेको टिभी खरिद किन्दा ३८ प्रतिशतसम्म र फ्रिज र वासिङ मेसिनमा ३० प्रतिशतसम्म छुट पाउन सक्ने छन् ।


ग्राहकले शून्य प्रतिशत ब्याजको मासिक किस्ताबन्दीमा हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडमार्फत उपलब्ध गराइएको इन्स्टा फाइनान्स सेवाबाट सहज रूपमा सामसङ टिभी फ्रिज र वासिङ मेसिन किन्न सक्ने छन् । यो छुट २ जेठसम्म लागू हुनेछ ।


१८ वर्षदेखि निरन्तर ग्लोबल नम्बर १ टिभी ब्रान्डको पहिचान बनाएको सामसङले यो नयाँ वर्षको अफरमा ग्राहकलाई टिभीको नयाँ रेन्जमध्ये कुनै पनि एफएचडी, क्रिस्टल् युएचडी, फ्रेम, क्युएलईडी लगायतका टिभी खरिदमा उल्लेख्य छुट दिएको हो । नागरिकता पेस गरी ग्राहकले ५५” वा त्यो भन्दा ठूलो टिभी खरिद गर्दा तत्काल ऋण पाउने छन् ।

Advertisement


इनस्टा फाइनान्स सेवामार्फत इएमआइ १८ महिनाको अवधिमा तिर्ने विकल्प पाउने छन् भने ४३ इन्च वा सो भन्दा सानो टिभी किन्दा इएमआइ तिर्न १२ महिनाको अवधि पाउने छन् । यी टिभीहरूमा ३ वर्षको पूर्ण उत्पादन वारेन्टी छ । ग्राहकले साउन्ड बार खरिद गर्दा पनि आकर्षक छुट पाउन सक्ने छन् ।


छानिएका सामसङका ७५ इन्चभन्दा ठूलो क्रिस्टल् युएचडी टिभी खरिद गर्दा ग्राहकले साउन्डबार सित्तैमा पाउने छन् । एयु ७७०० मोडलका ५५ इन्च र ६५ इन्च युएचडी टिभी खरिद गर्दा ग्यालेक्सी ए.१५ (८/१२८) मोबाइल फोनमा ५ हजार छुट पाउनसक्ने छन् ।

Advertisement


यस नयाँ वर्षको अवसरमा फ्रिज र वासिङ मेसिनको खरिदमा ३० प्रतिशतसम्मको छुट प्रदान गरेको छ । आफ्नो घरमा नयाँ वासिङ मेसिन वा फ्रिज अपग्रेड गर्ने वा घर ल्याउने योजनामा रहेका ग्राहकहरूका लागि सामसङले एआई इकोबबल फ्रन्ट लोड वा टप लोड वाशिङ मेसिनका रेन्ज र साइड बाइ साइड, कन्भर्टेबल ५–इन–१ लगायतका अद्भुत रेन्जका फ्रिजहरुमा क्यासब्याक पाउने र एक्सचेन्जको सुबिधा उपलब्ध गराएको छ । सामसङले आफ्नो फ्रिजमा रहेको डिआइटी कम्प्रेसर र वासिङ मेसिनमा रहेको डिआइटी मोटरमा २० वर्षको वारेन्टी पनि प्रदान गर्दछ ।

तपाईको प्रतिक्रिया