दराजको पोखरा नयाँबजार कार्यालयबाट करिब ६ लाख चोरी

समाधान संवाददाता २०८० चैत २४ गते १७:१६

पोखरा ।


दराजको पोखरा शाखा कार्यालयमा चोरी भएको छ । शुक्रबार राति ट्वाइलेटतर्फको झ्याल फाडेर चोरी गरिएको प्रहरीले जनाएको हो । शनिबार बिहान कार्यालय खुलेपछि मात्र चोरी भएको थाहा पाएपछि कार्यालयका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए ।


चोरी गर्नेले भ्यालबाट छिेरेर पैसा राखिएको अल्मारी नै बोकेर गएको सिसी क्यामेरा फुटेजबाट देखिएको कर्मचारीहरुले बताए । कर्मचारीहरुले ५ लाख ८२ हजार रुपैयाँ पैसा, मोबाइल लगायतका सामान चोरी भएको विवरण प्रहरी समक्ष टिपाएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीकी निमित्त सूचना अधिकारी समीक्षा घिमिरेले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिइन् ।

Advertisement

प्रहरी स्रोतका अनुसार चोरी गर्नेले कार्यालयका बारेमा सबै कुरा थाहा पाएको, पैसा कहाँ राखिन्छ, कसरी चोरी गर्न सकिन्छ, सबै विवरण र योजनाका साथ चोरी गरिएको देखिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया