सेफ किड्स स्कुलको दीक्षान्त

समाधान संवाददाता २०८० चैत २५ गते १३:११

पोखरा ।
सेफ किड्स प्रि स्कुल नयाँबजारको नवौं दीक्षान्त समारोह शनिबार भएको छ । कार्यक्रममा पोखरा बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष नरेन्द्र लालचनले मन्टेसरी (प्रि स्कुल) शिक्षा समग्र शिक्षाको जग भएको बताए ।


‘मन्टेसरी सिकाइ ज्ञान गुण र भविश्यका लागि महत्वपूर्ण हुन्छ,’ उनले भने, ‘मन्टेसरी शिक्षा मानिसको सुदूर भविश्यका लागि गुणस्तरीय र अब्बल हुनु पर्छ ।’ उनले अहिलका बालबालिका देशको भविश्य भएको उल्लेख गरे ।


स्कुलका प्रमुख कार्यकारी अधिकृत टेकमान प्रधानांगले संस्थाले बाल मनोविज्ञान बुझेर बाल्य अवस्थाको हेरचाह, विकास, अध्ययन र शिक्षाको केन्द्रको रुपमा काम गरेको बताए । स्कुलका प्रिन्सिपल नारायणी कोइरालाले स्कुलले शिक्षण सिकाई सामग्री तयार पार्ने, कक्षाकोठा व्यवस्थापन, नेतृत्व विकास, लैंगिक मैत्री वातावरण निर्माणका ध्यान दिएको जानकारी दिइन् ।

Advertisement


कार्यक्रममा शिक्षक वीनिता गुरुङ र सवारी चालक केदार कुँवरलाई सम्मान गरिएको छ । कार्यक्रममा अभिभावक रवीन्द्र बराल र सविता रायमाझी केसी र शिक्षक अम्बिका कुँवरले स्कुलले बालबालिकालाई शिक्षाका अलवा असल संस्कारसमेत सिकाइएको बताए ।

Advertisement

तपाईको प्रतिक्रिया