मुख्यमन्त्रीमा अधिकारीको नियुक्तिविरुद्ध सर्वोच्च गुहार्न काठमाडौं उड्दै पाण्डे

पोखरा ।
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा प्रदेश प्रमुख डिल्लीराज भट्टले एमाले संसदीय दलका नेता खगराज अधिकारीलाई नियुक्त गरेपछि नेपाली कांग्रेस त्यसविरुद्ध सर्वोच्च अदालत जाने भएको छ ।
कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले अधिकारीलाई नियुक्त नगर्न आजै आग्रह गरेका थिए । तर उनको आग्रह विपरीत अधिकारी नियुक्त भए । अधिकारीको नियुक्ति गैरसंवैधानिक हुने नेपाली कांग्रेस संसदीय दलको ठहर थियो ।
निवर्तमान मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता पाण्डे आजै सर्वोच्च अदालत पुगेर अधिकारीको नियुक्ति विरुद्ध रिट हाल्ने तयारीमा छन् । त्यसका लागि उनी मुख्यमन्त्री निवासबाट पोखरा विमानस्थल पुग्दैछन् ।
यसअघि अधिकारीले आजै मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका थिए । त्यसपछि नियुक्ति रोक्न प्रदेश प्रमुखसँग पाण्डेले भेट तय गरेका थिए । तर भेटघाट अघि नै अधिकारी मुख्यमन्त्री नियुक्त भए । भेट रद्द गरी पाण्डेले आफ्नै सरकारी निवासमा कानुन व्यवसायीसँग परामर्श गरे । सोही परामर्शपछि उनी काठमाडौं उड्दै छन् ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया