खगराजको दावीप्रति सुरेन्द्रको असन्तुष्टि, आपत्ति जनाउन प्रदेश प्रमुखलाई भेट्दै

समाधान संवाददाता २०८० चैत २५ गते १२:१६

पोखरा ।

प्रदेश सभाका सभामुख, उपसभामुख र आफ्नै मन्त्रिमण्डलका सदस्य समेतकाे समर्थनसहित नेकपा एमालेका संसदीय दलका नेता खगराज अधिकारीले नयाँ सरकार गठन गर्ने दावी पेश गरेपछि मुख्यमन्त्री सुरेन्द्र पाण्डे असन्तुष्ट भएका छन् । उनले अधिकारीको दावी गलत भएकाे निकटस्थसँग बताएका छन् ।

श्रोतका अनुसार उनले आफ्नाे असन्तुष्टि व्यक्त गर्न प्रदेश प्रमुख डिल्लीराज भट्टको समय लिइसकेका छन् । आजै दिउसो २ बजे मुख्यमन्त्री पाण्डे प्रदेश प्रमुखलाई भेट्न जाँदै छन् । सभामुखलाई समेत समावेश गरेर बहुमत पुगेकाे दावी गर्नु गलत भएकाे जिकिर गर्न पाण्डेले प्रदेश प्रमुखलाई भेट्दै छन् ।

Advertisement

एमाले संसदीय दलका नेता अधिकारीलाई मुख्यमन्त्री बन्नबाट राेक्न कै लागि मुख्यमन्त्री पाण्डेले चैत्र २१ गते राजीनामा दिएका थिए । राप्रपाबिना अधिकारीले सरकार बनाउन नसक्ने र राप्रपाले चैत्र २७ पछि मात्र सरकार बारे निर्णय गर्ने सूचना पाएका पाण्डेले २७ गते एक हप्ता पुग्ने गरी पदबाट राजीनामा गरेका थिए । राजीनामा बुझाए लगत्तै उनले प्रदेश प्रमुखलाई नयाँ सरकार बनाउन १ हप्ता भन्दा बढी समय नदिन आग्रह गरेका थिए ।

केन्द्रीय सत्ता गठन्धनको पक्षमा बहुमत पुग्न नदिन केन्द्रमा गठबन्धन भत्के लगत्तै माओवादीका मन्त्री बर्खास्त गरेका मुख्यमन्त्री पाण्डेले नेकपा एसका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेलाई स्वतन्त्र सांसदको हैसियतमा भाैतिक पूर्वाधार तथा यातायात मन्त्री नियुक्त गरेका थिए ।

Advertisement

एमाले संसदीय दलका नेता खगराज अधिकारीले मुख्यमन्त्री सुरेन्द्र पाण्डे र नेपाली कांग्रेस संसदीय दललाई चक्मा दिंदै नयाँ सरकार गठनकाे दावी गरेका छन् । सभामुख, उपसभामुख र जेष्ठ नागरिक पनि एमाले माओवादी कै सांसद भएकाले राप्रपाकाे समर्थनबिना सरकार गठनका दावी गर्नै नसक्ने बुझेका पाण्डेलाई अधिकारीले चक्मा हुन् ।

हिजोसम्म पाण्डेकै साथमा रहेका दीपक मनाङेले समेत एमाले माओवादी गठबन्धनलाई साथ दिएर खगराजको पक्षमा ३१ सांसदको म्याजिकल नम्बर पुरा गर्न सहयाेग गरेका छन् । एमाले संसदीय दलका नेता अधिकारीले एमाले र माओवादी केन्द्रको संसदीय दलको निर्णय र मनाङेको समर्थनसहित आफ्नाे पक्षमा बहुमत सांसद भएको दावी पेश गरेका हुन् । गण्डकी प्रदेशमा एमालेका २२ र माओवादीका ८ सांसद छन् ।

तपाईको प्रतिक्रिया