नवनियुक्त मुख्यमन्त्रीको सपथ दिउसो ३ बजे, मनाङेले पनि आजै सपथ खाने

समाधान संवाददाता २०८० चैत २५ गते १३:४२

पोखरा ।

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीको पद तथा गाेपनीयताकाे सपथ ग्रहण आजै दिउसो ३ बजे हुने भएको छ ।

प्रदेश प्रमुखको कार्यालयले ३ बजे सपथ खुवाउने गरी तयारी गरेको छ । मुख्यमन्त्री अधिकारीले आफुसँगै सपथ खाने मन्त्रीका बारेमा छलफल गर्दै रहेको श्रोतले जानकारी दियो

Advertisement

मुख्यमन्त्री अधिकारी र नेकपा माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानबीच यो समाचार तयार पार्दा पनि छलफल चलिरहेको छ ।

आज मुख्यमन्त्री अधिकारीसँगै दीपक मनाङे भनिने राजीव गुरुङले मात्रै सपथ खाने श्रोतले दावी गर्याे । मन्त्रालय बाँडफाँड देखि मन्त्री को को बन्ने बनाउने भन्ने एमाले माओवादी दुवै तर्फ छलफल गर्न बाँकी भएकाले आज अरु मन्त्रीहरुकाे सपथ हुने संभावना कम भएकाे एमालेका एक सांसदले समाधानलाई बताए ।

Advertisement

तपाईको प्रतिक्रिया