शान्ति निकेतन स्कुलमा विविध कार्यक्रम

समाधान संवाददाता २०८० चैत २५ गते १५:३७

पोखरा ।
पोखरा ५ पस्र्याङमा रहेको शान्ति निकेतन स्कुलमा पूर्व आधारभूत तहका विद्यार्थीको दीक्षान्त समारोह सम्पन्न भएको छ । विद्यालयले शनिबार पूर्व आधारभूत तह (युकेजी) का ६५ विद्यार्थीलाई दीक्षित गरेको हो । यस्तै, विद्यालयमा अध्ययनरत नर्सरीदेखि कक्षा ९ सम्मका विद्यार्थीलाई शैक्षिक पुरस्कार वितरण गरिएको छ भने एसइई दिएका विद्यार्थीलाई बिदाई गरिएको छ ।


कार्यक्रममा शिक्षा महाशाखाका अधिकृत रामप्रसाद तिवारीले विद्यालयले प्राप्त गरेको शैक्षिक उपलब्धिलाई जोगाउँदै थप प्रगतिको बाटोमा लाग्न आग्रह गरे । विद्यालयका संस्थापक प्राचार्य डा महेश्वर पराजुलीले समयसापेक्ष शैक्षिक योजना तथा रणनीति अवलम्वन गर्दै विद्यार्थीका सर्वागीण विकासमा केन्द्रीत भई पठनपाठन गरिरहेको जनाए ।


विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्णमणि भूत्यालले आउँदा दिनमा ११ र १२ कक्षामा प्राविधिक धारका विषयहरु सञ्चालन गर्ने प्रतिबद्धता गरे । कार्यक्रममा विद्यालयका सहप्राचार्य यदुविलास भुत्र्याल, परीक्षा विभाग प्रमुख हेम सुवेदी, सिपिएस प्रमुख नारायणी पराजुली, अभिभावक गणेश आलेमगर लगायतले बोलेका थिए । कार्यक्रममा शैक्षिक अनुशासनसँगै सरसफाईमा उत्कृष्ट विद्यार्थीलाई पनि पुरस्कृत गरिएको छ ।

Advertisement


स्कुलले १४ औं ब्याचका एसइई दिएका विद्यार्थीलाई मायाको चिनो प्रदान गरी बिदाइ गरेको छ । यसपालि ४० विद्यार्थी एसइईमा सहभागी भएका छन् । शिक्षासेवी किरण सापकोटाले विद्यालयले शैक्षिकसँगै अतिरिक्त क्रियाकलापमा उत्कृष्टता हाँसिल गरेको जनाए । कार्यक्रममा विद्यार्थी शैलज अधिकारीले पनि बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया