कांग्रेस नेता खेमराजको ८१ वर्षको उमेरमा निधन

समाधान संवाददाता २०८० चैत ३० गते १३:२४

पोखरा ।
नेपाली कांग्रेसका नेता खेमराज पौडेलको ८१ वर्षको उमेरमा निधन भएको छ । शुक्रबार बिहान उपचारकाे क्रममा पोखराको फेवासिटी अस्पतालमा उनको निधन भएको हो ।

विद्यार्थीकाल देखि नै प्रजातान्त्रिक आन्दोलनमा सामेल हुँदै आएका पाैडेल पोखरा महानगरपालिका २२ पुम्दीका बासिन्दा हुन् । पौडेलकाे परिवारमा १ पत्नी, २ छोरा र २ छोरी छन् ।


उनको शुक्रबार रामघाटमा अन्त्येष्टि गरिने छ । अन्त्येष्टि अगाडि उनको पार्थिव शरिर दिउँसाे ३ः३० बजे देखि ४ः३० बजेसम्म नेपाली कांग्रेसको पार्टी कार्यालय चिप्लेढुंगामा राखिने छ ।

लामो समय निरन्तर राजनीतिमा खटिएका पाैडेल २०७६ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा उनी एमालेकी विद्या भट्टराईसँग पराजीत भएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया