एयर कुलरको माग बढ्यो

समाधान संवाददाता २०८१ वैशाख १८ गते १३:१२

पोखरा ।
गर्मी बढेपछि सेन्साई ब्रान्डका अत्याधुनिक प्रविधि भएका एयर कुलरहरुको मागमा समेत बढोत्तरी भएको छ । टावर एयर कुलर, डिर्जट एयर कुलर, पर्सोनल एयर कुलर र विन्डो एयर कुलर गरी ४ प्रकारका एयर कुलर सेन्साइले बजारमा ल्याएको छ । जसमा १० वटा भन्दा बढी मोडल छन् ।


तराईमा ह्वात्तै गर्मी बढेसँगै एयर कुलरको माग बढेको कम्पनीले जनाएको छ । साथै सेन्साई ब्रान्ड अन्तर्गत एयर कुलर लगायत चेष्ट फ्रिजर, सोकेश, रेफ्रिजेरटर, टिभी र वासिङ मेसिन पनि छन् । ग्राहकलाई सजिलै पहुँच होस् भनी मध्यनजर गर्दै कम्पनीले नेपालभरी ७७ जिल्लामा आफ्ना आधिकारिक डिलरमार्फत बिक्री गर्दै आएको छ ।


बिक्रीपश्चातका सेवाहरुका लागि कम्पनीका ३५ भन्दा बढी सहरमा आफ्नै सर्भिस सेन्टर पनि छ । चौधरी ग्रुप अन्तर्गत इओएल प्रालिले सेन्साई ब्रान्डका उत्पादन नेपाली बजारमा विक्री वितरण गर्दै आएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया