लक्ष्मी माविको वार्षिकोत्सव

समाधान संवाददाता २०८० चैत ३० गते १४:०७

लेखनाथ ।


कास्कीको पोखरा महानगरपालिका वाड नं २६ मा रहेको लक्ष्मी माविले विविध कार्यक्रमका साथ ६६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालय स्थापना कालदेखिका व्यवस्थापन समितिका अध्यक्ष, पूर्वप्रधानाध्यापक, पूर्वशिक्षक तथा चन्दादातालाई समारोहमा सम्मान गरिएको छ ।


राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले सामुदायिक विद्यालयमा सरकारको तर्फबाट गरिएको लगानीको अनुपातमा प्रतिफल आउन नसकेको भन्दै चिन्ता जाहेर गरे । शिक्षा नीति समयानुकूल परिवर्तन गरी व्यावहारिक र प्रयोगात्मक शिक्षालाई प्राथमिकता दिनुपर्नेमा उनको जोड छ ।

Advertisement


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र थापाको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ कास्की प्रमुख लोकनाथ आचार्यले विद्यार्थीको सिकाई अब चक र टकले मात्र नपुग्ने भएकाले अबको शिक्षा प्रविधिमैत्री हुनुपर्ने बताए ।


कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका महासचिव जानुका अधिकारी, लेखनाथ खानेपानी उपभोक्ता समितिका अध्यक्ष मुरारी शर्मा, चन्दादाताको तर्फबाट खेमबहादुर गुरुङ, सृजना बहिरा मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रकाशलाल श्रेष्ठ, विद्यालय व्प्यवस्थापन समितिका सदस्य सूर्यनाथ बराल, पूर्व शिक्षक अभिभावक संघका अध्यक्ष ईश्वरराज भण्डारी, भूपू विद्यार्थी एसोसियसनका अध्यक्ष गोविन्द भण्डारी लगायतले बोलेका थिए । विद्यालयका प्रधानाध्यापक जगन्नाथ अधिकारीले भावी योजना सहितको प्रगति प्रतिवेदन पेश गरे ।

Advertisement

तपाईको प्रतिक्रिया