माछापुच्छ्रेमा कुकुरले चितुवा मार्‍याे

समाधान संवाददाता २०८१ वैशाख २ गते ११:५१

पोखरा ।
माछापुच्छ्रे गाउँपालिका १ माछापुच्छ्रेमा कुकुरले टोकेर चितुवाको मृत्यु भएको छ । शनिबार दिउँसो १ बजेतिर स्थानीयको बाख्राको खोरमा पसेको र स्थानीयले नियन्त्रणमा लिने बेलामा दुई वटा कुकरले चितुवालाई आक्रमण गरेका थिए ।

आन्द्राभुँडीसमेत निस्किएको अवस्थामा चितुवा फेला परेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना प्रमुख रविन कडरियाले जानकारी दिए । ‘चितुवा वयस्क थियाे, आहारकाे खाेजीमा निस्केकाे थियाे हाेला, चितुवालाई आक्रमण गर्ने दुई वटा कुकुर पनि घाइते भएका रहेछन्,’ उनले भने ।


अन्नपूर्ण संरक्षण क्षेत्र कार्यालयको टोली, प्रहरी, जनप्रतिनिधि र स्थानीयवासीको रोहवरमा मृतावस्थामा भेटिएको चितुवाको मुचुल्का तयार गरी कसैले पनि फेला पार्न वा निकाल्न नसक्ने गरी सार्वजनिक जग्गामा गाडिने कडरियाले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया