लेकसिटी कलेजका विद्यार्थीलाई स्वागत तथा विदाई

समाधान संवाददाता २०८१ वैशाख २ गते १२:५६

पोखरा ।


पोखरा महानगरपालिका वडा नं ४ गैरापाटनस्थित लेकसिटी कलेज एण्ड रिसर्च सेण्टरमा हालै स्वागत तथा विदाई कार्यक्रम गरिएको छ । दोस्रो वर्ष र तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुको संयुक्त आयोजनामा प्रथम वर्षकालाई स्वागत र चौथो वर्षका विद्यार्थीहरुलाई स्वागत गरिएको हो ।


लेकसिटी कलेजमा लामो समयसम्म अध्यापन गराउने शिक्षकहरु क्रमश किशोर अधिकारी, पद्मा पराजुली, उमेशप्रसाद रेग्मी र प्रदीप रानालाई कार्यक्रममा सम्मान पत्रले दोसल्ला ओढाएर सम्मान गरियो । त्यसैगरी उत्कृष्ट शिक्षक पुरस्कारवाट शिक्षक विष्णुप्रसाद अधिकारीलाई पनि सम्मान पत्रले सम्मान गरियो ।

Advertisement


लेकसिटी कलेज संचालक समितिका अध्यक्ष प्रा.डा विश्वकल्याण पराजुलीले भविष्य उज्जवल बनाउन हरेक समयमा मेहनत गर्नुृ पर्नेमा जोड दिए । कार्यक्रममा विद्यार्थीहरुले गीत, नृत्य लगायत प्रस्तुति दिएका थिए ।


बिबिएस तेस्रो वर्षमा अध्ययनरत अभिनव श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा लेकसिटी कलेजका क्याम्पस प्रमुख नारायणकुमार श्रेष्ठ, लेकसिटी कलेज मानविकी संकायका संयोजक उपेन्द्र पौडेल, पश्चिमाञ्चल माविका प्राचार्य सरोज कोइराला, पोखरा आर्दश सेकेण्डरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल सापकोटा लगायत वालेको कार्यक्रममा बिबिएस दोस्रो वर्षकी सोनिस पौडेलले स्वागत, सञ्चालन बिए दोस्रो वर्षका आयुष मल्ल, बिबिएस दोस्रो वर्षकी शुभेच्छा थापा, बिए तेस्रो वर्षका समिर पाठक र बिबिएस तेस्रो वर्षकी अनिषा पुरीले गरेका थिए । कार्यक्रममा धन्यवाद ज्ञापन प्रतिमा पौडेलले दिएकी थिइन् ।

Advertisement

तपाईको प्रतिक्रिया