नेपाल गणित समाजको ११ दिने कार्यशाला

समाधान संवाददाता २०८१ वैशाख २ गते १३:३९

पोखरा ।
नेपाल गणित समाजको आयोजनामा नेपाल गणित समाज गण्डकी प्रदेशको स्थानीय व्यवस्थापनमा गत चैत १४ देखि अनलाइन मोड्मा चलेको एसटुएस परियोजना अन्तर्गतको कार्यशाला ११ दिन चलेर सकिएको छ ।


कक्षा ९–१२ का गणितको पाठ्यक्रम, पाठ्यवस्तु तथा सोको अध्ययन–अध्यापनमा देखिएका समस्याहरू सहजीकरण हेतु कार्यशाला आयोजना भएको थियो । तालिम तथा कार्यशाला गोष्ठी चैत्र २८ देखि ३० सम्म थप ३ दिन सहजकर्ता तथा सहभागीहरूको प्रत्यक्ष उपस्थितिमा सञ्चालन भएर सकिएको छ ।


उक्त समापन सत्र समाजका सभापति प्राडा नारायणप्रसाद पहारीको अध्यक्षता, समाजकै गण्डकी प्रदेश कमिटिका अध्यक्ष डा त्रिभुवन शर्मा बरालको सहअध्यक्षता र उक्त कमिटीकै सचिव विश्वराज अधिकारीको सञ्चालनमा थियो । उक्त सत्रमा परियोजनाका कार्यक्रम संयोजक तथा केन्द्रीय सचिव डा परमेश्वरी कट्टेलले परियोजनाको औचित्य तथा उद्देश्यका बारेमा जानकारी गराए ।

Advertisement


समाजका केन्द्रीय सहसचिव तथा कार्यशाला गोष्ठीका संयोजक डा ईश्वरमणि अधिकारीले क्द्दक् परियोजनाको समग्र कार्यशाला तथा सहजकर्ताहरूको भूमिकाका बारेमा प्रस्ट्याउंदै आगामी दिनमा प्रदेश, जिल्ला तथा पालिकास्तरसम्म यस्ता कार्यक्रमहरू लैजाने लक्ष्य रहेको जानकारी दिए ।


समापनसत्रमा सहजकर्ता प्रा डा प्रकाशमुनि बज्राचार्य तथा सहभागीहरू दल थापा, धनु पुन, शान्तबहादुर नेपाली तथा प्रेमनारायण पोखरलले कार्यशालाका बारेमा आआफ्ना टिप्पणी सुनाउदै यसको निरन्तरताको कामना तथा गुणबेत्ताको प्रशंसा गरे ।

Advertisement


कार्यक्रमका सहअध्यक्ष डा शर्माले सहयोगीहरूलाई धन्यवाद ज्ञापन गर्दै आउँदो वर्ष यसलाई आवश्यक परिमार्जनसहित आयोजना गरिने जानकारी दिए । सभाध्यक्ष प्राडा पहारीले गण्डकी प्रदेश कमिटिको व्यवस्थापन र सत्रहरूको सञ्चालन उत्कृष्ट रहेकोमा खुसी व्यक्त गर्दै सिकेका कुरा कक्षा कोठासम्म पुग्ने अपेक्षा सुनाए ।


आठ दिनसम्म अनलाइन र ३ दिन फिजिकल गरी सञ्चालित यस कार्यशालाकै लागि त्रिवि केन्द्रीय विभाग तथा मुलुकका अन्य शिक्षालयहरू र पोखरा वरपरका शिक्षालयका गरी झन्डै ३० जना सहजकर्ता, ६२ घण्टा बराबरका ४६ वटा वर्कसप र ७० को हाराहारीमा सहभागी रहे ।

तपाईको प्रतिक्रिया