पाेखरामा ज्ञान महायज्ञ सुरु

समाधान संवाददाता २०८१ वैशाख ३ गते १२:३७

पोखरा ।
श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ २०८१ पोखरा प्रर्दशनी केन्द्रमा आइतबारदेखि सुरु भएको छ । ज्ञानमहायज्ञ उद्घाटनअघि पोखराको सेती नदी स्थित गाईघाटबाट शान्ति कलशसहितको शोभा यात्रा तथा बाजागाजा सहितको धार्मिक झाँकीले बजारको विभिन्न ठाउँका परिक्रम गरेको थियो ।


गलेश्वर आश्रम देवघाटधाम तनहुँका पीठाधीश आत्मानन्द गिरी महाराजले यज्ञ सुरुआत गरे । उनले धर्म, संस्कार र संस्कृतिक संरक्षणमा महायज्ञले टेवा पुर्‍याउने विचार राखे । ज्ञानभूमी काशीलाई स्मरण गराउने कास्की कश्यप ऋषिको तपोभूमि रहेको उनको भनाइ छ ।


ज्ञानमहायज्ञ सम्पादन समिति अध्यक्ष लक्ष्मण पौडेल, सहअध्यक्ष महेश पराजुली, उपाध्यक्ष सूर्यप्रसाद भण्डारी, राप्रपाका नेता रवीन्द्र मिश्र, नेपाली काँग्रेस कास्की सभापति किशोरदत्त बराल, पूर्व सभापति सोभियत अधिकारी लगायतले सनातन धर्म र भागवत्को प्रभावले नै विश्वमा लोकको कल्याण हुने जनाए ।

Advertisement


सामाजिक, धार्मिक सद्भाव र सहिष्णुता वृद्धि गर्ने लक्ष्यका साथ आयोजना गरिएको ज्ञान महायज्ञ वैशाख १० गतेसम्म चल्नेछ । वैशाख ३ देखि ९ गतेसम्म पाठ परायण, प्रवचन तथा अनुष्ठान हुनेछ । १० गते अन्तिम दिन महायज्ञको पूर्णाहुति एवंं अभिषेकसहित प्रसाद वितरण गरी महायज्ञ समापन हुने आयोजकले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया