मन्त्री गुरुङ र चुमानलाई मन्त्रालय जिम्मेवारी

समाधान संवाददाता २०८१ वैशाख ८ गते ११:५१

पोखरा ।
गण्डकीका प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विनाविभागीय मन्त्री राजीव गुरुङलाई भौतिक र हरिबहादुर चुमानलाई अर्थ मन्त्रालयको जिम्मेवारी तोकेका छन् । अधिकारीको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले मन्त्रिपरिषद कार्यविभाजन हेरफेरसहित जिम्मेवारी दिएका छन् । अधिकारीले २५ चैतमा मुख्यमन्त्रीको नियुक्ति र सपथ लिई २ जनालाई विनाविभागीय मन्त्री बनाएका थिए ।

तपाईको प्रतिक्रिया