लेकसाइडबाट स्कुटर चोरी गरेको आरोपमा १ जना पक्राउ

समाधान संवाददाता २०८१ वैशाख १० गते १०:५४

पोखरा ।
पाेखरामा स्कुटर चोरी गरेको आरोपमा आइतबार १ जना पक्राउ परेका छन् ।

गुल्मीको मदाने गाउँपालिका ३ घर भई हाल पोखरा महानगरपालिका ९ नयाँबजार बस्ने ३४ वर्षीय दिपक सुनारलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको हो ।

चोरी गरिएको ग १० प ४४१२ नम्बरको स्कुटर सहित वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेका प्रहरीले जानकारी दिएको छ ।

Advertisement

प्रहरीका अनुसार सुनारले बिहान करिब पौने ५ बजे लेकसाइडको क्लब क्याटवाक अगाडी पार्किङमा रहेको स्कुुटर चोरी गरेका थिए ।

उनीविरुद्व कास्की जिल्ला अदालतबाट दिन ७ (सात) म्याद थप गरी अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया