अधिकारी सरकारको मुद्दा सपना र सारंगाको बेञ्चमा

समाधान संवाददाता २०८१ वैशाख १० गते ११:१७

पोखरा ।

नेकपा एमालेका गण्डकी प्रदेश संसदीय दलका नेता खगराज अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरिएको विरुद्धमा सर्बाेच्च अदालतमा परेको मुद्दा न्यायाधिशद्वय सपना प्रधान र सारंगा सुवेदीकाे सम्युक्त इजलासमा परेको छ ।

कांग्रेस संसदीय दलका नेता निवर्तमान मुख्यमन्त्री सुरेन्द्र पाण्डेले अधिकारीलाई मुख्यमन्त्री नियुक्त गर्नु असंवैधानिक हो भन्दै सर्बाेच्चमा रिट हालेका थिए । २५ चैत्रमा अधिकारी मुख्यमन्त्री नियुक्त भएका थिए भने नियुक्ती विरुद्ध २७ चैतमा रिट परेको थियो ।

Advertisement

सर्बाेच्चले सो रिटलाई अग्राधिकार दिदैं बैशाख १० का लागि पूर्ण इजलासमा सुनुवाई तोकेको थियो । सोही अनुसार आज डिभिजन बेञ्चमा सुनुवाई हुन लागेको हो ।

Advertisement

तपाईको प्रतिक्रिया