एमालेले भन्योः पोखरा २६ घैटेखोरको विद्यालयको जग्गा व्यक्तिको नाममा जग्गा दर्ता गरियो

समाधान संवाददाता २०८१ वैशाख १० गते १६:४७

पोखरा ।


नेकपा एमाले पोखरा वडा नम्बर २६ वडा कमिटीले पोखरा २६ घैटेखोरमा रहेको विद्यालयको जग्गा व्यक्तिको नाममा भएको खुलासा गरेको छ । पोखरा २६ को घैटेखोर स्थित अमरज्योति गाउँफर्क माध्यमिक विद्यालयको संरक्षणमा रहेको कित्ता नम्बर ७२५ को ३ रोपनी ३ आना जग्गा राष्ट्रिय भूमि आयोग कास्की र वडाको मिलेमत्तोमा व्यक्तिको नाममा दर्ता गरिएको भन्दै एमालेले जनाएको हो । ‘भूमि आयोग कास्की र वडा नम्बर २६ को मिलेपत्तोमा व्यक्तिको नामा दर्ता भएको भन्ने कुरा विभिन्न सञ्चार माध्यममा आएको छ,’ एमालेले निकालेको विज्ञप्ति निकालेको छ ।


भूमि आयोग खरेज हुनु अघि कास्कीमा गंगा पोखरेल नेतृत्वका आयोग थियो । पोखरा २६ मा नेपाली कांग्रेसबाट निर्वाचित नरेन्द्र थापा वडाध्यक्ष छन् । एमालेले वडा कार्यालय र आयोगको मिलेमत्तोमा व्यक्तिको नाममा दर्ता गराउने काम भएको भन्दै विज्ञप्ति निकालेर विरोध गरेको हो ।

Advertisement


‘विद्यालयको संरक्षणमा रहदै आएको र विद्यालयकै नाममा सेतो पुर्जा समेत रहेको हुँदा व्यक्तिलाइ आवासमा दिन नमिल्ने जग्गा सिफारिस गरिएको प्रति नेकपा एमाले) पोखरा–२६ को गम्भीर ध्यानाकर्षण भएको छ,’ एमाले २६ की वडाध्यक्ष मीना श्रेष्ठले निकालेको विज्ञप्तिमा छ । एमालेले उक्त जग्गा साबिक विद्यालयलाई फिर्ता गर्नका लागि सबै सरोकारवालालाई आह्वान गर्दै कार्यमा सलंग्न व्यक्तिहरुलाई कारबाहीको माग गरेको छ ।


२०५२ सालमा नै अधिकांश घरबार विहिनहरुका लागी लालपुर्जा वितरण भएको र शसस्त्र युद्ध, संविधान निर्माण पश्चात पुनः जनताका लागी आवश्यक बाँसका निम्ति एमालेले निरन्तर जनताका पक्षमा लड्दै आइरहेको विज्ञप्तिमा भनिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया