कालो मुस्लो फाल्ने दुई सवारी नियन्त्रणमा

समाधान संवाददाता २०८१ वैशाख १० गते १९:४५

पोखरा ।
जिल्ला ट्राफिक कार्यालय कास्कीले सोमबार दुई वटा सवारीलाई नियन्त्रणमा लिएको छ । अत्याधिक कालो मुस्लो धुवाँ फाल्ने एक ट्रक र नगर बसलाई नियन्त्रणमा लिएको ट्राफिक प्रहरीका इन्स्पेक्टर भानु शर्माले जानकारी दिए ।


कालो धुवा निकाली वायु प्रदुषण गराउँदै गुडिरहेको बेला पोखरा नगरक्षेत्र भित्र सञ्चालित ग१ख ८१२४ नम्बरको नगरबस र ग १ ख ६९६१ नम्बरको टिपर नियन्त्रणमा लिएको हो ।

इस्पेक्टर शर्माका अनुसार नगरबसलाई पोखरा ०४ विपिचोकबाट नियन्त्रणमा लिएको हो । दुवै सवारीलाई नियन्त्रणमा लिएर कारबाहीका लागि यातायात कार्यालय कास्की पठाइने इस्पेक्टर शर्माले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया