अमरज्योति गाउँफर्क माविको जग्गा व्यक्तिको नाममा दर्ता भएको दाबी

समाधान संवाददाता २०८१ वैशाख ११ गते १०:५८

पोखरा ।
नेकपा एमाले पोखरा वडा नम्बर २६ वडा कमिटीले पोखरा २६ घैटेखोरमा रहेको विद्यालयको जग्गा व्यक्तिको नाममा भएको जनाएको छ ।

पोखरा २६ को घैटेखोर स्थित अमरज्योति गाउँफर्क माध्यमिक विद्यालयको संरक्षणमा रहेको कित्ता नम्बर ७२५ को ३ रोपनी ३ आना जग्गा राष्ट्रिय भूमि आयोग कास्की र वडाको मिलेमत्तोमा व्यक्तिको नाममा दर्ता गरिएको भन्दै एमालेले आपत्ति जनाएको हो ।


‘भूमि आयोग कास्की र वडा नम्बर २६ को मिलेपत्तोमा व्यक्तिको नामा दर्ता भएको भन्ने कुरा विभिन्न सञ्चारमाध्यममा आएको छ,’ एमालेले निकालेको विज्ञप्तिमा भनिएको छ । भूमि आयोग कास्की खारेज हुनुअघि गंगा पोखरेल अध्यक्ष थिए । पोखरा २६ मा नेपाली कांग्रेसबाट निर्वाचित नरेन्द्र थापा वडाध्यक्ष छन् ।

Advertisement


एमालेले वडा कार्यालय र आयोगको मिलेमत्तोमा व्यक्तिको नाममा दर्ता गराउने काम भएको दाबी गरेको छ । ‘विद्यालयको संरक्षणमा रहदै आएको र विद्यालयकै नाममा सेतो पुर्जासमेत रहेको हुँदा व्यक्तिलाई आवासमा दिन नमिल्ने जग्गा सिफारिस गरिएको प्रति नेकपा (एमाले) पोखरा २६ को गम्भीर ध्यानाकर्षण भएको छ,’ एमाले २६ की वडाध्यक्ष मीना श्रेष्ठले निकालेको विज्ञप्तिमा छ ।

एमालेले उक्त जग्गा साबिक विद्यालयलाई फिर्ता गर्नका लागि सबै सरोकारवालालाई आह्वान गर्दै व्यक्तिलाई दिन संलग्नहरुलाई कारबाहीको माग गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया