पाेखरा १० काे सामुदायिक स्कुललाई स्टेसनरी सहयाेग

समाधान संवाददाता २०८१ वैशाख ११ गते ११:५३

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर १० ले वडाका सामुदायिक विद्यालयहरुलाई स्टेसनरी वितरण गरेको छ । वडाका ३ सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरिब तथा जेहेन्दार विद्यार्थीलाई लक्षित गरी स्टेसनरी वितरण गरिएको हो ।


कालिका नमुना मावि, कुँडहर आधारभूत प्रावि र पल टाँसी छ्योएलिङ गुम्बा विद्यालयमा स्टेसनरी बाँडिएको हो । कालिका माविलाई ८५ थान, कुँडहरलाई ६५ थान र पट टासीलाई ५० थान स्टेसनरी प्रदान गरिएको वडाध्यक्ष रोजेश गुरुङले बताए ।

पोखरा महानगरभित्र रहेर पनि हालसम्म कम्प्युटर नभएको कुँडहर आधारभूतलाई यसअघि पाँच सेट कम्प्युटर प्रदान थियो ।

Advertisement


कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर १० का वडा सदस्यहरु नरदेवी गुरुङ, सुनिमाया नेपाली र परमेश्वरबहादुर कार्की, वडा सचिव दमयन्ती पराजुली, कालिका माविका प्रध्यानाध्यापक बलराम गिरी, कुँडहर आधारभूतका प्रधानाध्यापक नन्दकिशोर बराल, पल टासीकी प्रमुख अनिता गुरुङ, कुँडहर आधारभूतकी अध्यक्ष अनिता तिमिल्सिना, कालिका माविका अध्यक्ष दीपक थापा लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया