स्पोर्ट्स अवार्डलाई सघाउने प्रतिवद्धता

समाधान संवाददाता २०८१ वैशाख ११ गते १२:२६

पोखरा ।
आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ लाई सघाउन गण्डकी प्रदेशका खेल संघ तथा क्लबका प्रतिनिधिले प्रतिवद्धता जनाएका छन् । अवार्ड कार्यक्रम वैशाख २८ गते शुक्रबार पोखरा सभागृह हलमा हुँदै छ ।


सोमबार आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले गरेको छलफलमा सहभागी बन्दै उनीहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् । सहभागीहरुले राज्यले गर्नुपर्ने काम पत्रकार मञ्चले गरेको भन्दै खुसी व्यक्त गरे । अवार्ड वितरणलाई पारदर्शी बनाउदै यसको उचाई बढाउदै लैजानुपर्नेमा उनीहरुको जोड थियो ।


सातौं संस्करणसम्मको कार्यक्रम सम्पन्न भइसक्दा खेल क्षेत्रमा अवार्ड कार्यक्रमले बेग्लै रौनकता थप्न सफल भएको उनीहरुको भनाइ छ । गण्डकी गल्फ संघ अध्यक्ष इन्द्रधारा विष्ट, गण्डकी प्रदेश क्रिकेट संघ अध्यक्ष सञ्जयकान्त सिग्देल, सेपाकताक्रो संघ गण्डकी अध्यक्ष श्यामबहादुर श्रेष्ठ, प्रदेश हक्की संघ गण्डकी अध्यक्ष दीपकबहादुर थापा, सुटिङ एसोसिएसन गण्डकी कोषाध्यक्ष केबी गुरुङ, नेपाल ब्रेकिङ एन्ड डान्स स्पोर्ट्स एसोसिएसन गण्डकीका सचिव मोहन खड्का लगायतले कार्यक्रममा बोलेका थिए ।

Advertisement


यसैगरी गण्डकी प्रदेश पौडी संघ अध्यक्ष आनन्द कुँवर, सचिव अनिल थापा, टाइगर ग्रुप अफ पोखरा नेपालका सचिव डिबी नेपाली, गण्डकी प्रदेश एथलेक्टिक्स संघ उपाध्यक्ष इन्द्रा मल्ल, कास्की जिल्ला ह्याण्डबल संघ अध्यक्ष चित्रबहादुर थापा, सहारा क्लब पोखराका अध्यक्ष केशवराज बराल, नेपाल ट्राइथोलन संघका डिल्लीराज सुवेदी, टेनिस संघ गण्डकीका अध्यक्ष विनोद कायस्थ, उपाध्यक्ष विष्णुबहादुर थापा, सचिव नवीन चालिसे, जुडोका रवि गुरु लगायतले अवार्ड कार्यक्रमका लागि सुझाव दिए ।
उनीहरुका जिज्ञासा, सुझावबारे मञ्चका अध्यक्ष दीननाथ बराल, संघ संस्था परिचालन उपसमितिका संयोजक रोहितराज पराजुली, पूर्व अध्यक्ष केशव पाठक र महासचिव राजाराम पौडेलले प्रकाश पारेका थिए ।


कार्यक्रमबाट प्राप्त सुझाबलाई ध्यान दिँदै त्रुछिरहित ढंगले अवार्ड कार्यक्रम गर्न अधिकतम प्रयास गरिने मञ्चका अध्यक्ष बरालले प्रतिवद्धता जनाए । संघ, संस्था परिचालन उपसमितिका संयोजक रोहितराज पराजुलीको अध्यक्षतामा कार्यक्रम भएको हो ।

Advertisement


आठौं सस्करणको पोखरा स्पोर्ट्स अवार्ड कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड दिने प्रदान गरिने मञ्चका महासचिव पौडेलले जनाए ।


अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकारको विशेष सहयोग रहनेछ भने पोखरा महानगरपालिका र राष्ट्रिय खेलकुद परिषदले समेत अवार्ड कार्यक्रममा सघाउने छन् । अवार्ड कार्यक्रम भव्य बनाउन मुल आयोजक समिति र १३ विभिन्न उपसमिति गठन गरिएको मञ्चका उपाध्यक्ष सुरज श्रेष्ठले जनाए ।

तपाईको प्रतिक्रिया