सरस्वती प्रतीक्षाको दोश्रो उपन्यास तयार, जेठ दोश्रो हप्तादेखि बजारमा

समाधान संवाददाता २०८१ वैशाख ११ गते १५:४८

पोखरा ।

पोखरेली साहित्यकार सरस्वती प्रतीक्षाले दोश्रो उपन्यास लेखेकी छन् । मुक्तक, गजल र कवितामा जवरजस्त पहिचान बनाएकी प्रतीक्षा पछिल्लो समय आफूलाई उपन्यासकारको रुपमा स्थापित गर्दैछन् ।

पहिलो उपन्यास नथिया लेखेरे आख्यान लेखनमा प्रवेश गरेकी प्रतीक्षाले दोश्रो उपन्यासको नाम ‘स्व’ राखेकी छन् ।

Advertisement

मंगलबार (आज) विश्व पुस्तक दिवसको अवसरमा उनले नयाँ उपन्यासको कभर सार्बजनिक गरेकी छन् । दिउसो साँढे २ बजे तिर फेसबुकमा उपन्यासको कभर पोष्ट गर्दै उनले लेखेकी छन्– आज विश्व पुस्तक दिवस । यो खास दिनमा मेरो तर्फबाट एउटा खुसीको खबर… मेरो दोस्रो उपन्यास ‘स्व’ अब छिट्टै तपाईहरुको माझमा आउँदैछ…… 🙂

बुक हिलले प्रकाशन गरेको यो उपन्यास जेठ महिनाको दोश्रो हप्ता विमोचन गर्ने तयारी भैरहेको उपन्यासकार प्रतीक्षाले समाधानलाई बताईन् । पहिले काठमाण्डाैं विमाेचन गरेर त्यसपछि गृहनगर पोखरामा विमोचन गर्ने योजना रहेको पनि उनले सुनाईन् ।

Advertisement

लेखिका प्रतीक्षाका अनुसार यो कृति यथार्थ र स्वैरकल्पना मिश्रित उपन्यास हो । यो उपन्यास लेख्न झण्डै २ वर्ष लागेको उल्लेख गर्दै उनले दुई वर्षदेखिको तपस्या पुरा हुँदा निकै आनन्द महसुस भैरहेको बताइन् ।

तपाईको प्रतिक्रिया