प्यान गण्डकीमा वामदेवको नेतृत्व

समाधान संवाददाता २०८१ वैशाख ११ गते १६:४३

पोखरा ।
गण्डकी प्रदेश अन्तर्गतका सामुदायिक विद्यालयका प्रधानध्यापकको छाता संगठन प्रधानाध्यापक संघ नेपाल (पान) को पोखरामा भएको पहिलो भेलाले नयाँ समिति गठन गरेको छ । भेलाले आगामी तीन वर्षका लागि पार्दी मावि पोखराका प्रधानध्यापक वामदेव पौड्यालको अध्यक्षमा २१ सदस्यीय गण्डकी प्रदेश कमिटी गठन गरेको हो ।


समितिको उपाध्यक्षमा लेखबहादुर हमाल, महासचिव डिल्लीराम देवकोटा, सचिव प्रकाश शर्मा रेग्मी, सदस्य सचिव दुर्गाबहादुर राउत, कोषाध्यक्ष डिल्लीराम बराल र सहकोषाध्यक्षमा विष्णुहरि तिवारी छन् ।

जिल्ला प्रतिनिधिमा राजेश शर्मा (स्याङ्जा), शान्तबहादुर नेपाली र रमेश सिङ ठकुरी (म्याग्दी), हरि चालिसे (बागलुङ), प्रकाश रिजाल (पर्वत), खिमबहादुर गुरुङ (मुस्ताङ), ज्ञानेन्द्र न्यौपाने (तनहुँ), कमलजङ गुरुङ (मनाङ), अर्जुन कँडेल (कास्की), अग्नि भुषाल र शिवप्रसाद देवकोटा (नवलपुर), मेघनाथ लामिछाने (गोरखा) र हरिकृष्ण कोइराला (लमजुङ) छन् ।

Advertisement


स्याङ्गजाबाट एक सदस्य पछि मनोनयन हुने सचिव प्रकाश शर्मा रेग्मीले जानकारी दिए । देशभरका सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई संगठित गरी ज्ञान, सीप र क्षमता अभिबृद्धि गर्दै पेशागत रुपमा आइपर्ने समस्या र समाधानका लागि अनुभव र असल अभ्यासको आदानप्रदान गर्न संस्था गठन गरिएको हो ।


सामुदायिक शिक्षाको सबलीकरण, जवाफदेहिता, शिक्षण सिकाइ प्रक्रियामा प्रभावकारी समूह निर्माण, समन्वय र सञ्चार सीपको विकास गर्ने यसको उद्देश्य छ । गण्डकी प्रदेशभित्रका ११ जिल्लाका सामुदायिक विद्यालयका प्रधानाध्यापकको पेशागत, शैक्षिक, प्राज्ञिक विकासका लागि पान सबै खाले विद्यालयको कार्यसम्पादन र प्रधानाध्यापकको कुशल नेतृत्व सीप विकासका लागि नेतृत्वदायी संस्था रहेको भेला आयोजक समितिका संयोजक एवं पार्दी माध्यमिक विद्यालयका प्रधानाध्यापक वामदेव पौड्यालले बताए ।

Advertisement


सांसद मनबहादुर गुरुङले प्यान हेडसरहरुको साझा र एक बलियो संस्थाको रुपमा स्थापित होस् भन्ने कामना गरे । शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यले पान जस्तो गैरराजनीतिक, गैरनाफामूलक र विशुद्ध व्ययसायिक संस्था जरुरी भएको जनाए । पानका केन्द्रीय उपाध्यक्ष टीकाराम पाण्डेले संस्थाको बारेमा जानकारी दिए ।

तपाईको प्रतिक्रिया