स्पोर्ट्स अवार्डलाई टेल्जीको साथ

समाधान संवाददाता २०८१ वैशाख १३ गते १२:२३

पोखरा ।
योमा मा इ मोर्टस् प्रालिले आठौं संस्करणको पोखरा स्पोर्ट्स अवार्ड २०८० लाई सहयोग गर्ने भएको छ । यही वैशाख २८ गते शुक्रबार पोखरा सभागृह हलमा आयोजना हुने ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ लाई सफल पार्न टेल्जी ब्रान्डको इलेक्ट्रिक स्कुटरको आधिकारिक बिक्रेता योमा माले सहयोग गर्ने भएको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले जनाएको छ ।


मञ्चले वर्ष खेलाडी महिला तथा पुरुष विधाका विजेतालाई उक्त ब्रान्डको स्कुटरको पुरस्कार स्वरुप प्रदान गर्ने भएको छ । प्रालिका प्रबन्ध निर्देशक सञ्जीव शिल्पकारले ७ वर्षदेखि निरन्तररुपमा सञ्चालन हुँदै आएको पोखरा स्पोर्टस् अवार्डलाई सफल पार्न सहयोग गर्ने प्रतिवद्धता गरेको मञ्चका अध्यक्ष दीननाथ बरालले जानकारी दिए ।


गत वर्ष पनि एक लाख बढी सहयोग गरेको प्रालिले यस वर्षपनि उक्त सहयोग नघट्ने गरी सहयोग रहने भएको छ । प्रालिले वातावरण मैत्री टेल्जी ब्रान्डको लायन, टाइगर लगायत मोडलका ईलेक्ट्रिक स्कुटरको देशैभर आधिकारिक बिक्रेताका रुपमा काम गर्दै आएको छ ।

Advertisement


अवार्ड कार्यक्रममा लाइफ टाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघ, संस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड दिने प्रदान गरिने मञ्चका अध्यक्ष बरालले बताए ।

कार्यक्रममा गण्डकी प्रदेश सरकारको विशेष सहयोग तथा पोखरा महानगरपालिकासँगको सहकार्यमा हुनेछ भने प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय छ । अवार्डलाई भव्य बनाउन मुल आयोजक समिति र १३ उपसमिति गठन गरिएको मञ्चका महासचिव राजाराम पौडेलले जनाए ।

Advertisement

तपाईको प्रतिक्रिया