विन्ध्येश्वरी स्कुलमा हस्तलेखन

समाधान संवाददाता २०८१ वैशाख १८ गते १६:५४

पोखरा ।
विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा शुक्रबारीय कार्यक्रम अन्तर्गत अंग्रेजी तथा नेपाली हस्तलेखन कार्यक्रम भएको छ । कार्यक्रममा एलकेजीदेखि कक्षा १० सम्मका विद्यार्थी सहभागी भएका थिए ।


नेपाली हस्तलेखनतर्फ मावि तहमा कक्षा १० की छात्रा अनिता विक प्रथम, कक्षा ९ की छात्रा आयुष्का पाइजा द्वितीय र कक्षा १० का छात्र प्रमेश गुरुङ तृतीय भएका छन् ।

आधारभूत (सिनियर) तर्फ कक्षा ७ की छात्रा उपासना रेग्मी प्रथम, कक्षा ६ की छात्रा सबिता सुनार द्वितीय र कक्षा ८ की छात्रा सृष्टि खड्का तृतीय भएका छन् । आधारभूत (जुनियर) तर्फ कक्षा ५ की छात्रा रुपा ठकुरी प्रथम, सोही कक्षाकी केन्जल जिसी द्वितीय र कक्षा ४ की छात्रा दीया क्षेत्री तृतीय भएका छन् ।

Advertisement


आधारभूत तहकै (जुनियर) तर्फ कक्षा ३ की छात्रा मौ भौमिक प्रथम, कक्षा २ की छात्रा एन्जिला थापा द्वितीय र सोही कक्षाकी छात्रा इभानी बास्तोला तृतीय भएका छन् ।

पूर्व प्राथमिक तहतर्फ कक्षा १ बाट रुबी परियार प्रथम, पारोमिता मोन्डल द्वितीय र श्रीया मगर तृतीय, कक्षा युकेजीबाट सनम बराइली प्रथम, सलोम राई द्वितीय र सुप्रिम थापा तृतीय, कक्षा एलकेजीबाट सृष्टि मोन्डल प्रथम, निरोसा पाइजा द्वितीय र सोनाक्षी कनारर तृतीय भएका छन् ।

Advertisement


अंग्रेजी हस्तलेखनतर्फ मावितहमा कक्षा १० का छात्र प्रमेश गुरुङ प्रथम, सोही कक्षाका छात्र सौरभमान शाक्य द्वितीय र कक्षा ९ की छात्रा प्रशंशा सुनार तृतीय भएका छन् । आधारभूत (सिनियर) तर्फ कक्षा ७ की छात्रा अंकिता पौडेल प्रथम, सोही कक्षाकी छात्रा उपासना रेग्मी द्वितीय र कक्षा ८ की छात्रा एस्थर तामाङ तृतीय भएका छन् ।


आधारभूत (जुनियर) तर्फ कक्षा ५ की छात्रा अदिती तिमिल्सिना प्रथम, सोही कक्षाका एलेक्स कुँवर द्वितीय र कक्षा ४ की छात्रा युनिका खनाल तृतीय भएका छन् भने आधारभू तहकै (जुनियर) तर्फ कक्षा ३ का छात्र सौगात हमाल प्रथम, सोही कक्षाकी छात्रा मौ भौमिक द्वितीय र कक्षा २ की छात्रा एन्जिला थापा तृतीय भएका छन् ।


पूर्व प्राथमिक तहतर्फ कक्षा १ बाट रुबी परियार प्रथम, सुगम पौडेल द्वितीय र यान्ना राना मगर तृतीय, कक्षा युकेजीबाट सुप्रिम थापा प्रथम, अन्सिका पल द्वितीय र यान्सिका नेपाली तृतीय, कक्षा एलकेजीबाट ब्रेसन थापा प्रथम, निरोसा पाइजा द्वितीय र सृष्टि मोन्डल तृतीय भएका छन् ।


विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले विजेतालाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । कार्यक्रममा अतिरिक्त क्रियाकलाप संयोजक राजु बयलकोटीले पनि बोलेका थिए ।

तपाईको प्रतिक्रिया