पोखरामा सिडिओ कप ब्याडमिन्टन प्रतियोगिता हुने

समाधान संवाददाता २०८१ वैशाख २० गते १२:३१

पोखरा ।
कास्की जिल्ला ब्याडमिन्टन संघले वैशाख २१ र २२ गते सिडिओ कप ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगितामा कर्मचारी, जनप्रतिनिधि र महिला तथा पुरुष खुल्ला भेट्रान्स लगायत विधामा प्रतिस्पर्धा हुने छ ।


राजपत्रांकित निजामती उपसचिव वा सो भन्दा माथिल्लो तहका कर्मचारी (सरकारी संस्थानका नवौं तह वा सो भन्दा माथिका कर्मचारी) पुरुष सहभागी हुन पाउने छन् । दर्ता शुल्क ३ हजार राखिएको कर्मचारीतर्फको प्रतिस्पर्धामा प्रथम पुरस्कार ५०, दोस्रो ३० र तेस्रो २० हजार रुपैयाँ राखिएको छ ।


जनप्रतिनिधि खुल्ला पुरुष डबल्स्तर्फमा ५०, ३० र २० हजार रुपैयाँ पुरस्कार छ । ४५ वर्षमाथिका भेट्रान्स खुला पुरुष डबल्स्तर्फ दर्ता शुल्क २५ सय र ४०, २५ र २४ हजार रुपैयाँ पुरस्कार छ ।

Advertisement

५० माथिको दर्ता शुल्क र पुरस्कार पनि उही छ । नेपाल शीर्ष २० तथा बिना विभागीय खुला पुरुष डबल्स् ३ हजार रुपैयाँ दर्ता शुल्क र ५०, ३० र २० हजार रुपैयाँ पुरस्कार प्रथम, द्वितीय र तृतीयलाई प्रदान गरिने भएको छ । यु–१५ महिला खुला सिगंल्स् दर्ता शुल्क छैन । निशुल्क दर्ता गरी ३०, २० र १० हजार रुपैयाँको पुरस्कार प्रतियोगीले जित्न सक्ने छन् ।

जिल्ला प्रशासन कार्यालय कास्की संरक्षक रहेको प्रतियोगिता आधारभूतस्तरबाटै ब्याडमिन्टन खेलको विकासका साथै शारीरिक रुपमा तन्दुरुस्त, मानसिक रुपमा सचेत र सामूहिक भावनाले अभिवृद्धि गराउने उद्देश्य साथ गर्न लागिएको आयोजक संस्थाले जनाएको छ ।

Advertisement


पोखरा रंगशालामा व्यवस्थित ब्याडमिन्टन खेल मैदान, मर्मत सम्भार, निर्माणका साथै खेल क्षेत्रको विकासलाई अगाडि बढाउने पनि प्रतियोगिताको अर्काे उद्देश्य छ । प्रतियोगिताले कर्मचारी तथा जनप्रतिनिधि तहमा पनि खेलको सकरात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।

तपाईको प्रतिक्रिया