अमरसिंह र लाकुरीडाँडामा आगाेलागी

समाधान संवाददाता २०८१ वैशाख २० गते १४:००

पोखरा ।

पोखरा महानगरपालिका वडा नं. १० अमरसिंहचोक शान्तिपथमा रहेको सांग्रिला सप्लायर्समा आगाेलागी भएकाे छ । ध्रुव मरासिनीको बिजुली सामानको गोदाममा बुधबार राति २२ः३० बजे आगाेलागी भएको हाे ।

सशस्त्र प्रहरी बल कालिका गणको टोली, पोखरा महानगरपालिकाको २ वटा दमकलका साथै प्रहरी तथा स्थानीयको सहयाेगमा आगलागी नियन्त्रणमा आएको कालिका गणका गणपति एसपी अरुण पौडेल शर्माले बताए।

Advertisement

पसलमा कति क्षति भयो भन्ने एकिन विवरण नआईसकेको समेत एसपी शर्माले बताए।

लाकुरीडाँडामा लागेकाे आगाे नियन्त्रणमा

Advertisement

पोखरा महानगरपालिका वडा नम्बर ३१ बेगनास स्थित लाकुरीडाँडाँ जंगलमा लागेको भिषण डढेलो नियन्त्रणमा आएको छ ।
गएराति ११ बजे भिषण डढेलो लाग्दा ९ वटा घरहरु जोखिममा रहेको थियो ।

सो खबर पाएसँगै कालिका गणको विशेष विपद उद्धार फौजले फायरलेन बनाई आगो नियन्त्रणमा लिएको हो । उक्त स्थानमा रहेका घरहरु पूर्णरूपमा सुरक्षित रहेको कालिका गणका गणपति एसपी अरुण पौडेल शर्माले बताए। विपद् उद्धार फौजले आज बिहान ३ बजे मात्रै आगो नियन्त्रणमा लिएको हो ।

तपाईको प्रतिक्रिया