कलश सहकारीमा तालिम

समाधान संवाददाता २०८१ वैशाख २० गते १६:५०

पोखरा ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा कलश बचत तथा ऋण सहकारी संस्थाले कर्मचारी वृत्तिविकास तालिम सम्पन्न गरेको छ । संस्थाले आफ्नो कर्मचारीका लागि प्रभावकारी सञ्चार विधीका विषयमा तालिम प्रदान गरेको हो ।


सो अवसरमा बोल्दै संस्थाका लेखा समिति संयोजक विजेन्द्र शर्मा पौडेलले तालिमले कर्मचारीमा थप आत्मविश्वास बढ्नुका साथै बोल्ने कलाको विकास हुने बताए ।

तालिमबारे बोल्दै संस्थाका कर्मचारी विनीता अधिकारीले तालिम प्रभावकारी रहेको तथा व्यावसायिक तथा व्यक्तिगत जीवनोपयोगी रहेको सुनाए । संस्थाका कर्जा प्रमुख ईश्वर पराजुलीले तालिमलाई व्यवहारिक जीवनमा लागु गरे मात्र तालिमको उपादेयता हुने बताए ।

Advertisement


तालिममा संस्थाका कर्मचारीहरु विनिता अधिकारी, ईश्वर पराजुली, याममाया रोका, मीनु गुरुङ, मनीषा गुरुङ, मनिषा तिवारी, प्रेमकुमारी शर्मा, विष्णुमाया गिरी सहभागी थिए । तालिमको सहजीकरण रेडियो अन्नपूर्णका स्टेसन म्यानेजर सञ्जयकुमार मल्लले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया