उपाधि भीडन्तमा सिद्ध र कालिका मावि

समाधान संवाददाता २०८१ वैशाख २० गते १७:०८

पोखरा ।
सिद्ध र कालिका मावि पोखरा रंगशालामा जारी कंगारु एजुकेसन फाउन्डेसन टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिताको उपाधिका लागि आमनेसामने हुने भएका छन् । बिहीबार भएको सेमिफाइनल खेलमा सिद्धले अम्मरसिंह माविमाथि २ विकेटको रोमाञ्चक जित निकाल्दै उपाधिका लागि कालिकासँगको भेट पक्का गरेको हो ।


कालिका भने यसअघि नै ४ अंकका साथ नेट रनरेटका आधारमा फाइनल पुगिसकेको थियो । पहिला ब्याटिङ गरेको अ्मरसिंहले पूरा २० ओभर खेल्दै २ विकेटको क्षतिमा १ सय ६ रन बनाएको थियो । अमरसिंहको ब्याटिङमा सिपको साथी कफी क्लास प्लेयर अफ द म्याच बनेकी चन्द्रमाया बरालले सर्वाधिक ३२ रनको पारी खेलिन् । सिद्धका लागि संजिला राना मगरले १ विकेट लिएकी थिइन् ।


जितका लागि १ सय ७ रनको लक्ष्य पछ्याएको सिद्धले अन्तिम ३ बल बाँकी रहँदा लक्ष्य प्राप्त गरेको थियो । उसले १९.३ ओभरमा ८ विकेट गुमाएर जित निकाल्ने क्रममा रचना चौधरी र एलिना श्रेष्ठ दुवैले समान ११ रन बनाए ।

Advertisement

अमरसिंहका बलरहरु सुविना गुरुङले ३, चन्द्रमाया बरालले २ तथा सुस्मिता विष्टले १ विकेट लिए । प्रतियोगिताको फाइनल खेल शुक्रबार हुने संयोजनकर्ता समितिका उपाध्यक्ष गोविन्द प्रधानले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया