स्पोटस् अवार्डमा सपूतले प्रस्तुति दिने

समाधान संवाददाता २०८१ वैशाख २३ गते १२:५२

पोखरा ।
गायक प्रकाश सपूतको प्रस्तुतिमा पोखरेली दर्शक झुम्न पाउने भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको ‘आठौँ पोखरा स्पोर्ट्स अवार्ड २०८०’मा समावेश गरिएको सांगीतिक तथा साँस्कृतिक कार्यक्रममा सपुत आउने पक्का भएको हो ।


वैशाख २८ गते शुक्रबार दिउँसो ३ बजेबाट पोखरा सभागृह हलमा हुने कार्यक्रममा उनले आफ्ना चर्चित गीत सुनाउने छन् । कार्यक्रममा प्रवेश निःशुल्क रहेको मञ्चका महासचिव तथा प्रचारप्रसार उपसमिति संयोजक राजाराम पौडेलले बताए । सँगसँगै गायक सन्तोष बस्याल, निर्मल दाहाल, नृत्यतर्फ तरेली साँस्कृतिक परिवारको लाठी नाच, कौरा र झ्याउरे नृत्य तथा बि बोइङ गण्डकीको प्रस्तुतिसमेत रहने सांस्कृतिक कार्यक्रम उपसमिति संयोजक मन क्षेत्रीले जनाए ।


कार्यक्रममा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने मञ्चकअध्यक्ष दीननाथ बराल बताउँछन् ।

Advertisement


मञ्चले सर्वोत्कृष्ट महिला र पुरुष विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै एक/एक थान टेलजी इलेक्ट्रिक स्कुटर प्रदान गर्ने छ । त्यसबाहेक अन्य सबै विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै जनही ३५ हजार प्रदान गरिनेछ ।


कार्यक्रमलाई गण्डकी प्रदेश सरकारको विशेष सहयोग रहेको छ भने प्रदेश खेलकुद परिषद गण्डकीले सहकार्य गर्ने छ । पोखरा महानगरपालिका र राष्ट्रिय खेलकुद परिषद, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पनि कार्यक्रममा जोडिएका छन् ।

Advertisement


यसैबिच स्पोर्टस् अवार्डमा पोखरा मोबाइल टावर प्रालिले सघाउने भएको छ । टावरका अध्यक्ष उदयबहादुर केसी ‘लाहुरे दाइ’ र मञ्चका उपाध्यक्ष एंव पोखरा स्पोर्ट्स अवार्ड सहसंयोजक सुरज श्रेष्ठ यससम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।


टावरले कार्यक्रमलाई आवश्यक पर्ने खाजा व्यवस्थापन गर्ने मञ्चका उपाध्यक्ष एंव अवार्डका सहसंयोजक सुरज श्रेष्ठ सुनाए । महेन्द्रपुलस्थित मोबाइल टावरमा सबै प्रकारका मोवाइल कम्पनीको सर्भिस सेन्टर, पाटर््स, इलेकट्रोनिक्स, रेस्टुरेन्टसमेत गरी ८० वटा सटरबाट सेवा दिइएको छ ।

तपाईको प्रतिक्रिया