कांग्रेसको नारावाजीबिच मुख्यमन्त्री अधिकारीले पाए विश्वासको मत

समाधान संवाददाता २०८१ वैशाख २३ गते १८:२०

पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश सभाबाट विश्वासको मत पाएका छन् । प्रदेश सभाको आइतबार बैठकमा सभामुख कृष्णप्रसाद धितालले मुख्यमन्त्री खगराज अधिकारीले राखेको विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको घोषणा गरेका हुन् । सभामुख कृष्णप्रसाद धितालले ३० लाई नै बहुमत मानेपछि नेपाली कांग्रेसले सदनमा नाराबाजी गरेको थियो । नाराबाजीकैबिच सभामुख धितालले मुख्यमन्त्री अधिकारीले बहुमत प्राप्त गरेको घोषणा गरेका हुन्।


विश्वासको मतको पक्षमा ३० मत प¥यो भने विपक्षमा २७ मत प¥यो । २ सदस्यी राप्रपा भने तथस्ट बस्यो । ६० सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि पछिल्लो समय सर्वोच्चले गरेको फैसला अनुरुप नै सभामुख धितालले ३० लाई बहुमत मानेका हुन् । ६० सदस्यी प्रदेश सभामा सभामुखसहित ६० सदस्य उपस्थित थिए ।


मुख्यन्त्री अधिकारीका पक्षमा एमालेका २२, माओवादीका ७ (सभामुख बाहेक) र एक जना स्वतन्त्र सांसद पक्षमा उभिए । २ सिट रहेको राप्रपा तथस्ट रह्यो । भने नेपाली कांग्रेसले विपक्षमा मतदान गरेको थियो । सर्वोच्चले पछिल्लो समय सभामुख बाहेक नै ३० मत देखिएको भन्ने व्याख्या गरेको थियो । सभामुखलाई नगन्दा सांसद ५९ रहेको र बहुमत ३० हुने व्याख्यालाई टेकेर सभामुख कृष्णप्रसाद धितालले मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाएको घोषण गरे ।

Advertisement

तपाईको प्रतिक्रिया