गण्डकीका सभामुखलाई कांग्रेसले देखायो संसद् बैठकमै कालोझण्डा

समाधान संवाददाता २०८१ वैशाख २३ गते १८:३३

पाेखरा ।

गण्डकी प्रदेशसभाका सभामुख कृष्ण धिताललाई नेपाली कांग्रेसले संसद् बैठकमै कालोझण्डा देखाइएको छ । आइतबार बसेको प्रदेशसभा बैठकमा कांग्रेस सांसदहरूले सभामुखलाई कालोझण्डा देखाएका हुन् ।

मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत दिएपछि नेपाली कांग्रेसका सांसदले कालो झण्डा देखाएका हुन् । सभामुखले असंवैधानिक बाटोबाट मुख्यमन्त्रीलाई बहुमत पुगेको घोषणा गरेको भन्दै कांग्रेस सांसदहरूले कालोझण्डा देखाएर विरोध गरेका हुन् । मुख्यमन्त्री अधिकारीले ३० मत पाएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया