‘सभामुखको असंवैधानिक कदमप्रति कांग्रेस कानुनी उपचार प्रक्रियामा जान्छ’

समाधान संवाददाता २०८१ वैशाख २३ गते १९:०५

पोखरा ।


गण्डकी प्रदेशका सभामुख कृष्णाप्रसाद धितालले ३० लाई नै बहुमत घोषणा गरेको भन्दै नेपाली कांग्रेस गण्डकी संसदीय दलले कानुनी प्रक्रियामा जाने घोषणा गरेको छ ।

मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मतका लागि राखेको प्रस्तावको पक्षमा ३० सांसद भएपनि सोही संख्यालाई बहुमत घोषणा गरेको भन्दै कानुनी उपचार खोज्ने नेपाली कांग्रेस गण्डकी प्रदेशका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले विज्ञप्तिमार्फत जानकारी दिएका हुन् ।

Advertisement

कांग्रेसले सभामुखको कदमलाई असंवैधानिक भनेको छ । यसअघि ६० सदस्यीय गण्डकी प्रदेश सभामा ३१ लाई बहुमत मानिदै आएको थियो । तर, वैशाख १७ गते सर्वोच्चले ५९ सदस्यी सांसदमा ३० लाई बहुमत समर्थित रहेको व्याख्या गरेको थियो । सर्वोच्चको उक्त व्याख्यालाई आधार मानेर सभामुख धितालले ३० लाई नै बहुमत रहेको घोषणा गरे।

Advertisement

तपाईको प्रतिक्रिया