मौजामा अभिमुखीकरण

समाधान संवाददाता २०८१ वैशाख २३ गते २०:५४

पोखरा ।

पोखरा २० भलाम मौजामा भएको २ दिने अभिमुखीकरण शुक्रबार सकिएको छ । वडा नं. २० वडा समितिबाट आयोजना भएको कार्यक्रममा ३५ उत्पीडित समुदायका महिला सहभागी थिए ।


कार्यक्रममा पोखरा महानगरका पूर्व प्रवक्ता धनबहादुर नेपालीले सामाजिक विभेदका कारणले शोषण उत्पीडन बढाएको जनाए । उनले विभेद गर्दा मानव अधिकारको हनन हुने विचार राख्दै विभेदजन्य कार्य कसूर भएकाले त्यसो गर्नेलाई सजाय र समाजमा चेतना वृद्धि सँगसँगै हुनुपर्नेमा जोड दिए ।

Advertisement


कार्यक्रममा वडा सदस्यहरु गन्जमान गुरुङ र रुपा नेपाली र डम्बरसिं गुरुङले उत्पीडित समुदाय सचेत नभएसम्म टोल, गाउँको विकास नहुने बताएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया