व्यवसायीबिच अन्तक्र्रिया

समाधान संवाददाता २०८१ वैशाख २३ गते २०:५६

पोखरा ।

पोखरा २७ तालचोकमा रहेको तालचोक बजार व्यवस्थापन समितिले व्यवसायीसँग बजारको अवस्थाबारे अन्तक्र्रिया गरेको छ । शनिबार समितिको सातौं साधारणसभा, अन्तरक्रिया तथा नयाँ वर्षको शुभकामना आदानप्रदान गरिएको हो ।


कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठले व्यवसाय रहेमा मात्र बजार समिति र लेखनाथ उद्योग वाणिज्य संघ रहने भएकाले व्यावसायिक बन्न आग्रह समेत गरे । पोखरा २७ का वडाध्यक्ष पूर्णबहादुर गुरुङले अब महानगरको बजेटले व्यवसायीका समस्या समाधान गर्न ध्यान दिने वाचा गरे । उनले लेखनाथ क्षेत्रमा बढ्दो फुटपाथ हटाउन सबै एकजुट हुनुपर्ने बताए ।

Advertisement


समितिका अध्यक्ष सुजन न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा शिशुवा बजार व्यवस्थापन समिति अध्यक्ष शिवराज अधिकारी, समितिका संस्थापक अध्यक्ष ऋषिराम भण्डारी, सल्लाहकार बाबुराम गिरी, वरिष्ठ उपाध्यक्ष वलराम बराल, सचिव सन्दीप पौडेल लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया