पोखरा ७ मा दौड स्पर्धा

समाधान संवाददाता २०८१ वैशाख २३ गते २०:५८

पोखरा ।
पोखरा महानगरपालिका वडा नं. ७ मा वडास्तरीय दौड प्रतियोगिता भएको छ । २३ वर्ष मुनिको छात्र दौडमा रितिक ढकाल, समीर मर्हजन, विश्वास गदाल र अमृत खड्का क्रमश प्रथम, द्वितिय, तृतीय र चौथो बने ।


सोही विधाको छात्रातर्फ स्मृति बिसी, समृद्धि श्रेष्ठ ,सुशीला गुरुङ र आशा विकले पुरस्कार पाए ।


खुला पुरुषतर्फ सुरज पौडेल प्रथम, किशोर बराल द्वितीय, कविराज बराल तृतीय र नारायण त्रिपाठी सन्त्वना हुँदा खुला महिलातर्फ हरिकुमारी श्रेष्ठ, विमला केसी, सृजना कार्की र लक्ष्मी बरालले पुरस्कार जिते । ५० वर्ष माथिको पुरुषतर्फ नारायण श्रेष्ठ प्रथम, उमनाथ बराल द्वितीय, प्रमेबहादुर जिटी तृतीय र भक्तबहादुर गुरुङ सान्त्वना ठहरिए ।

Advertisement


सोही विधामा महिलातर्फ गीताकुमारी पौडेल, अम्बिका बराल, निली गुरुङ र राममाया जिसी क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्तवना बने । कार्यक्रमा कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले वातावरणमैत्री तरिकाले भएको कार्यक्रमको अनुशरण अरुले पनि गर्नुपर्नेमा जोड ।


पोखरा वडा नं. ७ का अध्यक्ष राममोहन आचार्यले वडावासीलाई दौड प्रतियोगितामा जस्तै विकास, निर्माणका काममा पनि सक्रिय र जागरुक हुन आग्रह गरे । युवा उद्यमी किरण केसीले युवा हरेक क्षेत्रमा जागरुक हुनपर्ने बताए ।

Advertisement

तपाईको प्रतिक्रिया