डढेलो लगाएको आरोपमा पक्राउ

समाधान संवाददाता २०८१ वैशाख २४ गते ११:००

पोखरा ।

कास्की प्रहरीले जंगलमा आगो लगाएको आरोपमा एक जनालाई पक्राउ गरेको छ । शुक्रबार कास्कीको अन्नपूर्ण गाँउपालिका वडा नम्बर ३ मराम्चेको मराम्चे सामुदायिक जंगलमा आगो लगाएको अभियोगमा सोही ठाउँका ३९ वर्षीय अगन्दर पौडेललाई पक्राउ गरिएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए ।


आगलागी भएपछि वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले आगो लगाउने व्यक्ति खोजतलास गर्दै पौडेललाई नियन्त्रणमा लिएको शर्माले बताए । पौडेलले सामुदायिक जंगल नजिकै रहेको आफ्नै खरबारीमा आगो लगाएको र सोही आगो फैलिएर सामुदायिक वनमा ठूलो आगलागी भएको स्वीकारेको प्रहरीले जनाएको छ ।

Advertisement


प्रहरीले पौडेलमाथि आवश्यक अनुसन्धान तथा कारवाहीका लागि आइतबार डिभिजन वन कार्यालय कास्की पठाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया