हर्पन खोलामा डुबेर किशोरको मृत्यु

समाधान संवाददाता २०८१ वैशाख २४ गते ११:२९

पोखरा ।
पोखरा महानगरपालिका वडा नं. १८ खपौदी स्थित हर्पन खोलामा डुबेर किशोरको मृत्य भएको छ । आइतबार दिउँसो पौडी खेल्ने क्रममा डुबेका १४ वर्षका किशोर सोनम सुवेदीको बेपत्ता भएकोमा दिउँसो साढे २ बजतिर शव फेला परेको थियो ।


पोखरा महानगरपालिका वडा नम्बर ५ मालेपाटन बस्ने सुवेदी पानीमा डुबेपछि सँगै पौडी खेल्न गएका अर्का किशोरले स्थानीयमार्फत सशस्त्र प्रहरीलाई जानकारी गराएका थिए ।

सशस्त्र प्रहरी बल नम्बर २४ कालिका गण कास्कीबाट परिचालन भएको विशेष विपद उद्धार एवं गोताखोर टोलीले डुबेर स्थानभन्दा केही तल शव फेला पारेको कालिका गणका गणपति प्रहरी उपरीक्षक अरुण पौडेल शर्माले जानकारी दिए ।

Advertisement

सुवेदीको शव पोस्टमार्टमका लागि पश्चिम क्षेत्रीय अस्पताल लगिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया