निलिषा र समीर चाइल्ड स्टार

समाधान संवाददाता २०८१ वैशाख २४ गते १२:५२

पोखरा ।
पोखरा चाइल्ड स्टार सिजन २ को उपाधि निलिषा गुरुङ र समीर कुमालले जितेका छन् । केटीतर्फ फस्ट रनर अप ईन्दु सेन, सेकेन्ड रनर अप नज्योसा सिंह ठकुरी, थर्ड रनर अप शिरीषा पौडेल, फोर्थ रनर अप स्वेच्छा क्षेत्री भए ।


केटातर्फ फस्ट रनर अप जोनाथान बाबु लम्साल भए । सेकेन्ड रनर अप इभान रावत र थर्ड रनरअप कृशव सुवेदी बने । नन्द इन्टरटेनमेन्ट हाउसले पोखराा आयोजना गरेको उक्त इभेन्टमा १४ जनाले भाग लिएकोमा फाइनलमा ९ जना पुगेका थिए ।


कार्यक्रममा चाइल्ड स्टार सिजन १ विजेता विल्सन ठकुरीको म्युजिक भिडियो लोकार्पण गरियो । निर्णायक मण्डलको प्रमुख डा जग्गनाथ रेग्मी र निर्णायकहरुमा मोडल विराज बास्कोटा, मोडेल तथा गायिका एलिना थपलिया, समाजसेवी जमुना गिरी थिए । निर्णायक व्यवस्थापनमा प्राडा यमबहादुर पौडेल क्षत्री थिए ।

Advertisement

तपाईको प्रतिक्रिया