अनमोल र जसिताको ‘अन्तिम माया’

समाधान संवाददाता २०८१ वैशाख २४ गते १३:०६

काठमाडौं ।
अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको ‘अन्तिम माया’ बोलको गीत सार्वजनिक भएको छ । नरेन लिम्बुको करिब एक दशक अगाडिको ‘हिट नम्बर’लाई पुनः रेकर्ड गरी फर्की फर्की टिमले यो गीतलाई फिल्ममा समावेश गरेको हो । पछिल्लोपटक रेकर्ड भएको गीतलाई नरेनले नै गाएका छन् ।


सार्वजनिक गीतको भिडियोमा फिल्मका मूख्य अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङ ’फिचर्ड’ छन् । कुनै बेला युवापुस्तामाझ सर्वाधिक हिट रहेको गीतलाई पुनः रेकर्ड गरेर फिल्ममा समावेश गर्दा पछिल्लो पुस्ताले पनि यो गीतलाई रुचाउनेमा फिल्मको निर्माण युनिट आशावादी देखिएको छ ।

फिल्मको ’सिचुएशन’सँग मिल्दो भएका कारण यो गीतलाई फिल्ममा समावेश गरेको फिल्म निर्माण कम्पनी रोहित अधिकारी फिल्म्सले जनाएको छ । सार्वजनिक गीतका भिडियोमा अनमोल र जसिताबीचको सम्बन्ध र प्रेममा आएको दरारलाई देखाउन खोजिएको छ ।

Advertisement


फर्की फर्कीको पछिल्लो सार्वजनिक गीत अन्तिम मायालाई नरेन लिम्बुले नै लेख्नुका साथै कम्पोज गरेका हुन् । ट्रेलर र गीतहरुमार्फत दर्शकमाझ हाइप बनाएको फिल्म फर्की फर्की आगामी जेठ १० गतेदेखि देशव्यापी प्रदर्शन हुँदैछ ।

Advertisement

तपाईको प्रतिक्रिया