ट्राफिक प्रहरीलाई वल्ड लिंककाे सहयाेग

समाधान संवाददाता २०८१ वैशाख २४ गते १३:२९

पाेखरा ।

वल्र्ड लिंक नेटवर्क प्रालि पोखराले जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीलाई ६५ थान ट्राफिक व्यवस्थापन सहयोगी सामाग्री सहयोग गरेको छ ।


कम्पनीका गण्डकीका पब्लिक रिलेशन म्यानेजर युसफ श्रेष्ठले जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी रीक्षक भानु शर्मालाई आइतबार सामाग्री हस्तान्तरण गरेकाे जिल्ला ट्राफिक प्रहरीका सूचना अधिकारी मिनबहादुर खड्काले जानकारी दिए ।

Advertisement


म्यानेजर श्रेष्ठले सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरिएको बताउँदै ट्राफिक व्यवस्थापनका लागि सहज पुग्ने उनले व्यक्त गरे ।


प्रहरी निरीक्षक शर्माले पोखरा नगरभित्रको ट्राफिक व्यवस्थापनलाई थप व्यवस्थित बनाई दुर्घटना न्युनिकरण एवं सहज ट्राफिक व्यवस्थापन गर्नको लागि सहयोग प्रभावकारी हुने बताए ।

Advertisement


उनले ट्राफिक संकेत बोर्ड, चेकिङ बोर्ड, नो पार्किङ स्ट्याण्ड लगायतका सामाग्री आवश्यक परेकाले सहयोग लिइएको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया