त्रिभुवन पौडेललाई मरणोपरान्त वरिष्ठ पत्रकार सम्मान

समाधान संवाददाता २०८१ वैशाख २४ गते १३:५९

पाेखरा ।

पाेखराका पत्रकार त्रिभुवन पौडेललाई मरणोपरान्त वरिष्ठ पत्रकार सम्मान गरिएको छ । नवौं राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले साेमबार पुरस्कार प्रदान गरेका हुन् ।

राष्ट्रपति पौडेलले प्रेस जति तटस्थ, स्वतन्त्र र सबल हुन्छ लोकतान्त्रिक व्यवस्था त्यति नै सुदृढ हुँदै जाने बताए । प्रेस स्वतन्त्रता समग्र समाजको लोकतान्त्रिकरणको अभियानको एउटा महत्वपूर्ण पक्ष भएको उनकाे भनाइ छ ।

Advertisement

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रदान गर्ने वरिष्ठ पत्रकार सम्मान २०८० बाट त्रिभुवन पौडेल (मरणोपरान्त) र बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधान तथा राष्ट्रिय पत्रकारिता पुरस्कार २०८० बाट मेनका चौधरी, सूर्यमणि गौतम, भवानी सिंह ऐर, दीपक ज्ञवाली, त्रिप्ती शाही र प्रेमबहादुर कार्की ढोली (राजन केडी) लाई प्रदान गरिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया