पोखरामा नेपाली लघुकथाको वर्तमान परिदृश्यबारे चर्चा

समाधान संवाददाता २०८१ वैशाख २४ गते १४:११

पोखरा ।
हेमजा साहित्य प्रतिष्ठान नेपालले पोखरामा शनिवार एक समारोहका बीच नेपाली लघुकथाको वर्तमान परिदृश्यबारे चर्चा गरेको छ । सोही समारोहबीच प्रतिष्ठानले सरूभक्तलाई रजतजयन्ती विशिष्ट सम्मानसमेत अर्पण गरेको छ ।


कार्यक्रमका प्रमुख अतिथि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति सरूभक्तले साहित्यको श्रीवृद्धिका लागि लाग्नेहरू निरन्तर साधना र सिर्जनामा लाग्नुपर्ने बताए । उनले विधागत परिचय र अवयवका उल्झनमा सचेत स्रष्टा नअल्झनसमेत सुझाए ।


प्रतिष्ठानको सम्मान ग्रहण गर्दै सरूभक्तले आफ्नो मावली गाउँबाट पाएको सम्मानलाई विशेष रूपमा लिएको बताए ।
अन्तत्र्रिmयामा आफ्नो अवधारणा राख्दै उपप्राध्यापक कल्याण पन्तले साहित्यका क्षेत्रमा कुनै रचनामा कुनै तत्वको कमि भयो भन्दैमा त्यसलाई विधागत मान्यताबाट च्यूत गरिनु शरीरको कुनै अंग भएन भन्दैमा मान्छे होइन भन्नु जस्तै हुने बताए ।

Advertisement


अवधारणापत्रमाथि टिप्पणी राख्दै हाम्रो लघुकथा केन्द्र गण्डकी प्रदेश संयोजक शुभ शर्माले लघुकथा विधान, लघुकथा साहित्यको विधा या प्रविधा के यस्ता विषयमा सर्जक स्वयं सचेत हुन आवश्यक हुने धारणा राखिन् ।


गण्डकी प्रज्ञा प्रतिष्ठानका परिषद् सदस्य कृष्णप्रसाद पौडेलले प्रतिष्ठानले रजत वर्षमा विविध विषयगत कार्यक्रम आयोजना गरेर स्तुत्य कार्य गरेको भन्दै खुसी व्यक्त गरे । साहित्यकार असफल गौतमले लघुकथाको विधागत विकासका लागि पोखराबाट धेरै कार्यहरू भएको बताउँदै साहित्य विधामा विधागत लघुकथागानको निर्माण हुनु स्तुत्य कार्य भएको बताए ।

Advertisement


कार्यक्रममा ¥याण्डम रिडर्स सोसाइटी नेपालका अध्यक्ष रूपिन्द्र प्रभावी, गीताञ्जली साहित्य परिवारका अध्यक्ष भानु भण्डारी क्षितिज, साहित्य शृंखलाका अध्यक्ष लक्ष्मी थापा, लेखनाथ साहित्य प्रतिष्ठानका उपाध्यक्ष छवि सुवेदी विजयी, लघुकथाकार गीता तिवारी गौतम, डा. बलराम उपाध्याय रेग्मी, अम्बिकाप्रसाद भट्टराई लगायतले वर्तमान नेपाली लघुकथाका विविध आयामबारे जिज्ञासा राखेका थिए ।


कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै कार्यक्रम संयोजक विष्णु बास्तोलाले प्रतिष्ठानले रजत वर्ष सन्दर्भका २५ विशेष कार्यक्रममध्ये लघुकथा विधा केन्द्रित कार्यक्रम आयोजना गरेको जानकारी दिए । प्रतिष्ठानका अध्यक्ष बलराम पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष सुनील गायकको स्वागत र परशुराम अधिकारीको सञ्चालन थियो ।

तपाईको प्रतिक्रिया