पिसिएममा पाइथन प्रोग्रामिङ

समाधान संवाददाता २०८१ वैशाख २४ गते १६:२४

पोखरा ।

पोखरा कलेज अफ म्यानेजमेन्ट (पिएमसी) का विद्यार्थीका लागि पाइथन प्रोग्रामिङ तालिम आयोजना गरिएको छ । विश्वविद्यालय अनुदान आयोगको सहयोगमा सञ्चालित ५ दिने तालिममा कलेजमा अध्ययनरत विद्यार्थीकोसहभागिता रह्यो ।


राष्ट्रिय आविस्कार केन्द्रका ७ जना स्रोत व्यक्तिले विद्यार्थीलाई पाइथन प्रोग्रामिङबारे सहजीकरण गरेका थिए । राष्ट्रिय आविस्कार केन्द्र पोखराका कोओर्डिनेटर हरिबहादुर पहारी, पोखरा विश्वविद्यालय व्यवस्थापन संकायका डीन डा दयाराज ढकाल, बिबिए कार्यक्रम संयोजक हरि अधिकारी र बिसिआइएस संयोजक हरिप्रसाद बरालले बोलेका थिए ।

Advertisement


कलेजकी प्रिन्सिपल लिना नेगी श्रेष्ठले यस्ता उपयोगी कार्यक्रमलाई कलेजले सधैं स्वागत गर्ने बताइन् ।

Advertisement

तपाईको प्रतिक्रिया