गण्डकीका नवनियुक्त मन्त्री गुरुङ र सुन्दासले लिए शपथ

समाधान संवाददाता २०८१ वैशाख २४ गते १७:३६

पोखरा ।


गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रिपरिषद्को विस्तार गरेका छन् । आइतबार प्रदेश सभाबाट विश्वासको मत लिएपछि सोमबार २ मन्त्री थप गर्दै मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

थपिएका दुई मन्त्रीहरु वेदबहादुर गुरुङ र सीता सुन्दासलाई सोमबार प्रदेश प्रमुख डिल्लीराज भट्टले सपथ ग्रहण गराए । गुरुङ ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री र सुन्दास सामाजिक विकास तथा स्वास्थ्य मन्त्रीको जिम्मेवारी तोकिएको छ । योसँगै गण्डकीको मन्त्रिपरिषद् ५ सदस्यीय भएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया